नेपाल रेन्बुकाई कराँते डो सङ्घमा तामाङ

Read Time:1 Minute, 7 Second

नेपाल रेन्बुकाई कराँते डो सङ्घको प्रथम साधारणसभाले मीना तामाङको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नेपाली खेलकुदको इतिहासमा राष्ट्रिय खेलकुद सङ्घको अध्यक्षमा निर्विचित हुने मीना पहिलो महिला हुन ।

जेठ ७ गते सम्पन्न साधारणसभाले प्रेमलाल बम्जनलाई सह-अध्यक्ष, भगवती प्रधानलाई वरिष्ठ उपाध्यक्ष, मुकुन्दबहादुर पहरीलाई उपाध्यक्ष, रेशमलाल लामालाई महासचिव, सुस्मिता गुरुङलाई सचिव र राजकुमार तामाङलाई कोषाध्यक्षमा चयन गरेको हो ।  

संघको सदस्यहरुमा नम्बर शेर्पा, ह्योल्मो युद्ध लामा, रामप्रसाद खनाल, दोर्जे लामा पाखि्रन, टेकबहादुर याखा तथा रमेश तामाङ निर्विरोध चयन भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %