जनजाति महासंघका महासचिवलाई पत्रकारबाट जोगाउन प्रहरी गुहार्नु पर्यो

Read Time:1 Minute, 27 Second

नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पामाथि पत्रकारहरुले आक्रमण प्रयास गरेका छन् । बन्दको विषयमा जानकारी गारउन जेठ ७ गते काठमाडौंस्थित रिर्पोटस्र क्लबमा पुगेका शेर्पामाथि आक्रमण प्रयास भएको हो ।

पत्रकारमाथि आक्रमण भएको निहुँ बनाएर जनजातिको बन्द गराउन पत्रकार महासंघले निकाल्न लागेको प्रतिकार जुलुसको विषयमा विवाद हुँदा शेर्पामाथि आक्रमण प्रयास भएको हो । ‘२० दिन सुदुरपश्चिम बन्द हुँदा कान तेल हालेर बसेको पत्रकार महासंघ जनजातिको बन्द शुरु हुने वित्तिकै  प्रतिकारमा उत्रनु न्यायोचित होइन’ भन्दा वित्तिकै पत्रकारहरुले शेर्पालाई झम्टिन पुगेका थिए ।

पत्रकारको सुरक्षा घेराबाट शेर्पालाई बचाउन प्रहरी बोलाउनु परेको थियो ।  वाहुन क्षेत्रीको बन्दमा राससका शरदचन्द्र भण्डारी तथा सभासदहरु सुदन किराती र लक्ष्मी गुरुङमाथि आक्रमण हुँदा भने न पत्रकार महासंघ बोलेको थियो न प्रधानमन्त्री नै ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %