जनजातिको बन्दमा व्यापक जनसर्मथन पाएपछि प्रधानमन्त्री भट्टराई आगो

Read Time:1 Minute, 23 Second

एकल जातीय पहिचानमा आधारित संघीय प्रदेशको माग गर्दै आदिवासी जनजाति संयुक्त संघर्ष समितिद्वारा आयोजित नेपाल बन्दमा जनताले व्यापक समर्थन देखेर प्रधानमन्त्री डा बाबुराम भट्टराई सबैभन्दा बढी अत्तालिएका छन् । जेठ ७ गते बन्द सफल भएको देख्ने वित्तिकै भट्टराईले सुरक्षाकर्मीलाई तयारी हालतमा बस्न निर्देशन दिएका हुन ।

यसअघि सुदुरपश्चिममा २० दिन बन्द हुँदा पनि भट्टराई नेतृत्वको सरकारले मौन समर्थन गरेका थिए । नवलपरासीमा आफ्नो संग्राहलयमा धावा बोलेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रेका थारु समुदायमाथि सरकारले ताकीताकी गोली हान्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री भट्टराईले बन्दका क्रममा तोडफोड भएका गाडीहरुको क्षतिपूर्ति दिन्छु भनेर बन्द असफल पार्न उक्साईरहेका थिए । जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले भने सरकारले भिजलान्ते प्रयोग गरेर पत्रकारमाथि आक्रमण गराएको बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %