जनजातिको बन्दमा व्यापक जनसर्मथन पाएपछि प्रधानमन्त्री भट्टराई आगो

एकल जातीय पहिचानमा आधारित संघीय प्रदेशको माग गर्दै आदिवासी जनजाति संयुक्त संघर्ष समितिद्वारा आयोजित नेपाल बन्दमा जनताले व्यापक समर्थन देखेर प्रधानमन्त्री डा बाबुराम भट्टराई सबैभन्दा बढी अत्तालिएका छन् । जेठ ७ गते बन्द सफल भएको देख्ने वित्तिकै भट्टराईले सुरक्षाकर्मीलाई तयारी हालतमा बस्न निर्देशन दिएका हुन ।

यसअघि सुदुरपश्चिममा २० दिन बन्द हुँदा पनि भट्टराई नेतृत्वको सरकारले मौन समर्थन गरेका थिए । नवलपरासीमा आफ्नो संग्राहलयमा धावा बोलेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रेका थारु समुदायमाथि सरकारले ताकीताकी गोली हान्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री भट्टराईले बन्दका क्रममा तोडफोड भएका गाडीहरुको क्षतिपूर्ति दिन्छु भनेर बन्द असफल पार्न उक्साईरहेका थिए । जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले भने सरकारले भिजलान्ते प्रयोग गरेर पत्रकारमाथि आक्रमण गराएको बताएका छन् ।