वाहुन क्षेत्रीले विजय जुलुस निकाले

Read Time:1 Minute, 19 Second

एक दिन बन्द गरेलगत्तै सरकारले आफूहरुलाई आदिवासी घोषणा गरेपछि उत्साहित बनेका वाहुन क्षेत्रहरुले विजय जुलुस निकालेका छन् । आदिवासीमा सूचीकृत गर्ने लिखित सहमतिको स्वागत गर्दै आन्दोलनरत वाहुन क्षेत्रीलगायत १० वटा जातीय संस्थाले धादिङवेसीमा जेठ ५ गते जुलुस प्रदर्शन गरेका हुन ।

विजय जुलुसको समापन कार्यक्रममा वाहुन समाजका अध्यक्ष गंगादत्त तिमि_िल्सना क्षेत्री समाजका अध्यक्ष ध्रुव अधिकारीलगायतका वक्ताले आफूहरुले जनजाति र दलितमाथि विजय प्राप्त गरेको धारणा राखेका थिए । उनीहरुले भट्टराई नेतृत्वको सरकार र पुष्पकमल दाहाल सुशील कोइराला र झलनाथ खनालप्रति आभार व्यक्त गरेका थिए ।

सरकारले समावेशिता आरक्षण जस्ता कुरा ल्याए त्यसलाई पनि एक दिन नेपाल बन्द गरेर खारेज गर्ने तागत आफूहरुमा रहेको वक्ताहरुको भनाई थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %