जनजातिको बन्द सफल पार्न मोटरसाइकल जुलुस

Read Time:1 Minute, 46 Second

जेठ ७ गतेदेखि शुरु हुने तीन दिने नेपाल बन्द सफल पार्न तथा पहिचान सहितको नेवाः स्वायत्त राज्यको माग गर्दै नेवार समुदायले मोटरसाइकल जुलुस निकालेका छन् । काठमाडौंमा जेठ ५ गते भएको जुलुसमा हजारौं मोटरसाइकल सहभागी थियो ।

काठमाडौं वसन्तपुरमा भेला भएका सहभागीहरुलाई सम्बोधन गर्दै नेपाल लोकतान्त्रिक नेवाः सङ्घका अध्यक्ष कृष्णबहादुर घजूले चार वर्षसम्म अभ्यासका क्रममा प्राप्त भएका प्रदेशसम्बन्धी सुझावलाई मुख्य तीन पार्टीका नेतृत्व वर्गले बेवास्ता गरेको धारणा राखे  । उनले तीन ठूला पार्टीका नेतृत्वले बाहुन क्षेत्री र दशनामीहरुलाई आदिवासी जनजातिको पहिचान दिने सहमति गरेकोप्रति पनि खेद प्रकट गरे ।

विभिन्न नेवाः सङ्घसंस्थाको प्रतिनिधित्वसमेत रहेको उक्त र् याली वसन्तपुरबाट सुरु भई क्षेत्रपाटी, केशरमहल, चक्रपथ, चाबहिल, कोटेश्वर, मध्यपुरथिमि, भक्तपुर, हुँदै पुनः कोटेश्वर जाउलाखेल, कीर्तिपुर हुँदै त्रिपुरेश्वरमा पुगेर सम्पन्न भएको थियो । राप्रपा नेपालको बन्दको अवज्ञा गरेर पसल सवारी साधान निर्वाध सन्चालन गरेका जनताले नेवारको जुलुसको भने ठाउँठाउँ स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %