संघीयता विरोधीको बन्द अवज्ञा

Read Time:1 Minute, 28 Second

आदिवासी जनजाति दलित र मधेशीलाई अधिकार दिनु हुँदैन भन्ने माग राखेर आन्दोलन घोषणा गरेको राप्रपा नेपालको बन्द नेपाली जनताले अवज्ञा गरेका छन् । उनीहरुले जेठ ५ गते बन्द आव्हान गरेपनि सम्पूर्ण जनता बन्दको विपक्षमा देखिएकाले जनजीवन सामान्य रहेको छ । राप्रपाका कार्यकर्ताले केही गाडी फोड्ने प्रयास गरेपनि जनताको प्रतिकारका कारण विफल भएका छन् ।

राप्रपा नेपालले संविधान विपरीत ज्ञानेन्द्र शाहलाई राजा बनाउनु पर्ने  बहुधार्मिक नेपाललाई हिन्दुको मात्रै बनाउनु पर्ने  संघीयतामा जान नहुने लगायतका माग राख्दै आएका छन् । संविधानसभा निर्वाचनमा एक सिट पनि जित्न नसकेको राप्रपाको माग बन्द अवज्ञा गरेर जनताले फेरी एक पटक अस्विकार गरिदिएका छन् ।

बन्दको पक्षमा प्रतिगामी सन्चार माध्यम र प्रहरी प्रशासन लाग्दा पनि जनताले अवज्ञा गरेरै छाडेका छन् । थरुहट क्षेत्रमा थारु समुदायको बन्दलाई राप्रपाले आफ्नो बन्द भनेर आत्मरति लिईरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %