पीडक र पीडित मिलेर आन्दोलन गर्ने

Read Time:4 Minute, 0 Second

जातीय राज्यको पक्ष र बिपक्षमा देश भर भैरहेको आन्दोलनमा बादबिबाद र झडप समेत भैरहेको अबस्थामा पाल्पामा भने आन्दोलित पक्ष मिलेर अघि बढ्ने सहमति भएको छ । नेपाल आदिबासी जनजाति महासंघ पाल्पाले जेठ ४ गते तानसेनमा आयोजना गरेको सामाजिक सद्भाब र दिगो शान्तीको लागी गोलमेच संबाद कार्यक्रममा जनजाति ब्रामण क्षेत्री दलित दशनामी मुश्लिम  लगाएत पाल्पाका राजनितिक दलहरुले  मिलेर अघि बढ्ने प्रण गरेका हुन् ।

जनजाति महासंघको कार्यक्रममा नेपाल बन्दको आब्हान गरेका संयुक्त संघर्ष समितिका जिल्ला नेतहरुको पनि सहभागी थियो । जातिय राज्यको लागी र त्यसको बिरोधमा भैरहेको आन्दोलनलाई मिलेर अघि बढाउने र संघिय राज्यको राजधानी पाल्पा हुनै पर्ने उनीहरुले माग गरेका छन् । आ आफ्ना आन्दोलन गर्दा शान्ती पुर्ण र अनुसासित रुपमा सम्पन्न गर्ने  भाषण र नारालाई उत्तेजित नबनाउने लगाएतका सहमतिका बुदामा उनीहरुले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै दशनामी संघ पाल्पाका सचिब दिनेश भारती, क्षेत्री समाज पाल्पाका महिला उपाध्यक्ष मिना जिसि, लुम्बिनी अंचल ईन्चार्ज बिष्णु कार्की, वाहुन समाज पाल्पाका उपाध्यक्ष हुमानाथ न्यौपाने, जनजाति महासंघ पाल्पाका अध्यक्ष गमबहादुर थापा, असोक कुमार शाही लगाएका जातीय अगुवाहरुले केन्द्रको निर्देशन र आब्हान लाई मात्रै अनुसरण नगरी जिल्लामा अनुकुल हुने आन्दोलन गर्ने बताएका  छन् । जनमोर्चा पाल्पाका प्रमुख सोम कार्की, राष्टिय जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष केहर सिँ राना, राप्रपा पाल्पाका प्रमुख डुलबहादुर कुवर, नेपाली कांगे्रस पाल्पाका सभापति बिरबहादुर राना, एमाले पाल्पाका प्रमुख यादबबहादुर रायमाझी,  ऐनेकपा माओबादी पाल्पाका उपाध्यक्ष चक्र बियु थापा लगाएत स्निय बिकास अधिकारी कृण्ण अर्याल प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरे लगाएतले आआफ्ना अधिकारको लागी आन्दोलन गर्दा अरुको भाबनामा चोट पुर्याउन नहुनेमा जोड दिदै शान्ती पुर्ण रुपमा आन्दोलन गर्न सबैलार्य आग्रह गरेका थिए ।

कार्यक्रममा जनजाति महासंघ पाल्पाका कानुनी सल्लाहकार अधिबक्ता डोलख रास्कोटी र वाहुन  समाज पाल्पाका सदस्य राजेन्द्र बस्यालले आगामी संबिधान राज्य पुर्नसंरचना र सामाजिक सद्भाब बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेले केन्द्रको आदेश र निर्देश्ानमा लागेर आन्दोलन गर्नु भन्दा जिल्ला जिल्लामा सबै मिलेर आन्दोलन गरे सबैको अधिकार सुनिश्चित हुने बताए  ।

देव पचभैया, पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %