११ प्रदेशको नक्कली संघीयता विरुद्ध मधेशी मोर्चाले कठोर निर्णय लिने

Read Time:1 Minute, 37 Second

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीन दलवीच भएको ११ प्रदेशको नक्कली सङ्घीय दिने निर्णय नसच्चिए कठोर निर्णय लिने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा जेठ ४ गते सत्तारुढ एमाओवादीसँग भएको बैठकमा ११ प्रदेशको प्रस्तावमा पुनर्विचार नभए मधेसी मोर्चा सरकार छाडेर सङ्घर्षमा जाने भएको हो ।

नेपाली जनतालाई अधिकार नदिने गरी तीन दलले सङ्घीय प्रदेशको विषयमा हावादारी निर्णय लिएको उनीहरुको ठहर छ । वैठकपछि फोरम गणतान्त्रिक कार्यवाहक अध्यक्ष तथा मन्त्री ाजकिशोर यादवले आफूहरु जतिसुकै कठोर निर्णय लिएर भयपनि गलत निर्णय सच्चाउन तत्पर रहेको धारणा राखे ।


बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने मोर्चासहितको चारपक्षीय सहमतिबेगर केही हुन्नसक्ने भन्दै चाँडै चारपक्षको बैठक बसालेर निचोड निकाल्ने आश्वासन दिएका थिए ।

बहुल जातीय तथा नाम विनाका प्रदेश बनाउनु भयानक षडयन्त्र भएको स्वास्थ्य मन्त्री तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बताउँछन् । उनले संघीयतालाई ख्यालख्याल जस्तो गर्न नहुने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %