नक्कली संघीयताको विरोधमा तमलोपा नेपाल सरकारबाट बाहिरिने

Read Time:1 Minute, 5 Second

तीन दलले नाम विनाको संघीय प्रदेश प्रस्ताव गरेको विरोधमा सत्तारुढ तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले सरकार छाड्ने निर्णय गरेको छ । तमलोपा नेपालको जेठ ४ गते बसेको केन्द्रीय कार्यसमितिको वैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्ताले जानकारी दिएका छन् । तीनदलले सहमति नाममा मनपरी गरेर मधेस आन्दोलनको मर्म विपरीत निर्णय गरेपछि प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।

एमाओवादी, काँग्रेस र एमालेले बहुलजातीय पहिचान र पिछड्याइएको समुदायलाई कुनै नदिने गरी ११ प्रदेशको प्रस्ताव गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %