थारु वार्ता टोली गठन, गोली हान्नेलाई कारवाही गरे वार्ता हुने

Read Time:1 Minute, 49 Second

राष्ट्रिय एकता र समृद्ध नेपालका लागि थरुहट प्रदेश स्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका थारु समुदायले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा गोली हान्ने दमनकारीलाई कारवाही भए वार्तामा बस्ने जनाएका छन् । जेठ ४ गते वार्ता चन्द्रकुमार थारुको संयोजकत्वमा टोली गठन गरेका छन् । वार्ता टोलीमा रामचरण थारु, उपेन्द्र गच्छदार, बलदेव चौधरी, गोपाल दहित, फुलमती चौधरी, पुरन राना थारु, सरस्वती चौधरी, भानूमति चौधरी, इन्द्रजीत थारु र सन्तोष चौधरी रहेका छन् ।

नवलपरासीमा थारु र मगरलाई ताकीताकी गोली हान्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारवाही गरे मात्रै वार्तामा बस्ने उनीहरुको माग छ । यसैगरी थारु संग्रहालय जलाउने वाहुन र क्षेत्रीलाई पनि कारवाही नगरी वार्तामा नबस्ने उनीहरुको अडान छ ।

कैलाली र कन्चनपुरमा निर्दोष थारुहरुमाथि वर्वरतापूर्वक दमन गर्ने प्रमुख जिल्ला अधिकारी तथा प्रहरीहरु बसन्त पन्त र उद्धवसिँ भाटलाई कारवाही गर्नुपर्ने पनि आन्दोलनकारीले माग गरेका छन् । वार्ताअघि नै पूर्वमेचीदेखि पश्चिम महाकालीमा प्रहरीले पक्राउ गरेका थारु कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %