राष्ट्रिय एकता र जातीय सदभाव कायम गर्न अखण्ड ताम्सालिङका लागि तामाङ संयुक्त संघर्ष समितिले वृहत प्रर्दशन गर्ने भएको छ । काठमाडौं भृकुटी मण्डपबाट जेठ ५ गते दिनको १२ बजे प्रदर्शन शुरु हुने आयोजकले जानकारी दिएको छ ।
जातीय ऐतिहासिक पहिचान र भूगोल सहितको ताम्सालिङ स्वयात्त प्रदेश हुनुपर्ने उनीहरुको माग रहेको छ । नेपाल तामाङ घेदुङ लगायतका विभिन्न राजनीतिक पार्टीसम्बद्ध मोर्चा पनि संघर्ष समितिमा रहेका छन् ।
राज्यसत्तामा ९९ प्रतिशत पहुँच भएका शासकहरु नै जातीय आन्दोलनमा लागि रहेका बेला राजयको दमन उत्पीडनमा परेका तामाङहरु सडकमा आउनु स्वभाविक भएको आयोजकको भनाई छ ।
