राष्ट्रिय अखण्डता र मुलुकको समृद्धिका लागि स्वायत्त मगरात प्रदेशको माग गर्दै आएको मगरात संयूक्त संघर्ष समितिले जेठ १० गतेबाट मगरात बन्द गर्ने निर्णय गरेको छ । संघर्ष समितिको जेठ ४ गते मगर संघको भवनमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
आदिवासी जनजाति मध्ये सबैभन्दा बढी संख्यामा भएका मगरहरुको पहिचानै नामेट पार्ने गरी प्रदेश बन्न लागेपछि आफूहरु आन्दोलित हुनु परेको संघका महासचिव नविन रोका मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । उनका अनुसार जनजाति महासंघले आव्हान गरेको जेठ ७, ८ र ९ गतेको बन्दलाई पूर्ण समर्थन गर्ने पनि संघर्ष समितिको निर्णय रहेको छ ।
संघर्ष समितिमा नेपाल मगर संघ मगर सम्बद्ध सबै संघसंस्थाका प्रतिनिधि मगर सभासद र मगर बुद्धिजिविहरु रहेका छन् ।
