हिन्दुकृत राजनीतिक दलहरुले ११ प्रदेशको नाममा गरेको अप्राकृतिक सहमतिले आदिवासी थारुहरु आक्रोशित बनेका छन् ।
कथित ११ प्रदेशले आदिवासी थारुहरुको पहिचानलाई बध गरेको भन्दै थारुहरु कठोर आन्दोलन घोषण गर्ने मनस्थितिमा पुगेका छन् ।
थरुहट राज्यभित्रको कैलाली र काचनपुरलाई राजनीतिक सहमतिको नाममा अन्यमा गाभिदिएपछि थारु समुदाय झनै आन्दोलित बनेको बल बहादुर रानाले वताए ।
नेपालको प्रशासनिक अभ्यास कालकालदेखि राज्यको सम्पूर्ण स्रोत हजम गर्दै आएका एकाध समुदायले अझै पनि आदिवासी थारुलाई दबाउने र शोषण गर्ने उद्देश्य मुताविक अखण्ड थरुहटलाई चिरा-चिरा पार्न खोजिएको रानाले वताए ।
राज्यले थरुहट आन्दोलनलाई एक पक्षीय तरिकाले चरम दमन गरेका छ । ४५ जना भन्दा बढी थरुहट राज्यका अग्रगमन तथा परिवर्तनकामीहरु गम्भीर घाइते भइसकेका छन् । थारु समुदायको हजारौ मूल्य बराबरको धनजनको क्षति भएको छ । जहा गुण्डा शैलीमा विना कुनै उद्देश्य रोडमा भेला भई सामाजिक सद्भाव भड्काउने अवािाछत तत्वहरुलाई खुलेआम राज्यले छोडेको छ । यो राज्यको चरम विभेदको पराकाष्ठाबाहेक अरु के हुन सक्छ ।
