संघीयतामा षडयन्त्र भएपछि नेताहरुको पुत्ला जल्यो

Read Time:1 Minute, 1 Second

राष्ट्रिय एकता र जातीय सदभावका लागि पहिचानमा आधारित प्रदेश बनाउनुको साटो एघार प्रदेशको प्रस्तावमा समर्थन गरेको भन्दै १७ मधेसवादी सङ्घ\सङ्गठन आवद्ध संयुक्त मधेसी दबाब समूहले प्रमुख तीन दलका अध्यक्ष तथा मधेसी मोर्चाका प्रमुख नेताहरुको पुत्ला जलाएका छन् । उनीहरुले जेठ २ गते काठामाडौं बुद्धनगर नजिक पुत्ला जलाएका हुन ।

समूहले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँगे्रसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मोर्चाआवद्ध मधेसी दलका अध्यक्षहरुको पुत्ला जलाएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %