राजमुपा १४ प्रदेशको पक्षमा, नाम विनाका ११ प्रदेश अमान्य

Read Time:1 Minute, 44 Second


राष्ट्रिय जनमुक्ति पार्टीले आफूहरुलाई नाम विनाको ११ प्रदेश अमान्य हुने निर्णय गरेको छ । जेठ ३ गते बसेको सो पार्टी स्थायी समिति वैठकले राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिद्वारा प्रस्तावित १४ प्रदेशलाई नै मान्यता दिनुपर्ने महासचिव केशव सूर्यवंशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जननिर्वाचित संविधानसभालाई वाइपास गरेर तीन दलले कोठे सहमति गरेको भोलिपल्ट धोबिघाटस्थित पार्टी मुख्यालयमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
तीन दलले गरेको भनिएको मिश्रित निर्वाचन प्रणालीमा पनि सो पार्टीको पूर्ण सहमति नभएको विज्ञप्तिमा जनाइएको छ । जनमुक्तिले प्रत्यक्ष र समानुपातिकबाट ५०\५० प्रतिशत संसद छान्न माग गरिएको छ । दलहरुले भने १७१ प्रत्यक्ष र १४० समानुपातिकबाट चयन गर्ने निर्णय गरेको थियो ।
 
सडक आन्दोलित विभिन्न समूहप्रति गृह प्रशासनले आग्रह पूर्वाग्रहको नीति लिन नहुने जनमुक्ति पार्टीको ठहर छ । जेठ १४ गते भित्र संघीय गणतान्त्रिक संविधान जारी गर्नुपर्ने महासचिव सूर्यवंशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %