नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाको ज्ञापन-पत्र

Read Time:6 Minute, 45 Second

नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाले यहि १५ मे २०१२ का दिन महामहिम राजदुत रूद्र कुमार  नेपाल मार्फत सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, तथा संविधान सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका प्रमुखहरु र संविधान सभाका माननीय सभासद्हरु लाई जानकारी गराउनको लागि सम्माननीय संविधान सभाका अध्यक्षलाई सम्बोधन गरिएको ज्ञापन – पत्र नेपाली दुताबासको  कार्यालय कयान्बेरा, अष्ट्रेलियामा बुझाएको छ ।
उक्त ज्ञापन-पत्रमा  हाल नेपालमा बिभिन्न बाहानामा नयाँ संबिधान जारी गर्न नखोजिएको र जारिनै गर्न परे पनी नेपाली जनताको पहिचान र मौलिक हक़ अधिकार सुनिश्चित हुने संबिधान नबनाउने खेल र कसरत प्रतिगामी तत्वहरु बाट  भैरहेको अबस्थामा समयमै जनताले चाहे अनुसारको नयाँ संबिधान जारी भएन भने मुलुक द्वन्द तिर जाने र नेपालले ठुलो  जन-धनको  क्षती ब्यहोर्नु पर्ने अबस्था तट्कारो देखिएकोले त्यस्तो अप्रिय घटनाबाट नेपाल र नेपाली लाई बचाउन समयमै सबै नेपालीको हक़ अधिकार र पहिचानको सुरछित गराउने नयाँ संबिधान जारी गरियोस भनी नेपाली राजदुताबास , कयान्बेरा, अष्ट्रेलिया मार्फ़त निम्न  मागहरु राखी १३ वटा विभिन्न  संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरिको ज्ञापन-पत्र बुझाएको छ । नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाको ज्ञापनपत्रमा निम्न कुराहरुको उल्लेख गरेका छन ।

१. संकटकाल लगाएर संविधानसभाको म्याद थप्न पाईदैन। संकटकाल लगाउने षडयन्त्र बन्द गरियोस् ।
२. २०६९ जेठ १४ गते भित्र सिमान्तकृत अल्पसंख्यक आदिवासी समुदायको अधिकार सुनिश्चित भएको संविधान जारी गरियोस  ।
३. अपुरो, अधुरो, संक्षिप्त र राज्यपुनर्संरचना विनाको संविधान मान्दैनौं ।
४. जातीय जनासंख्याको आधारमा राज्यको सबै अंग र तहमा  पूर्णसमानुपातिक समाबेशी लागु गरियोस  ।
५. संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँड समितिको २/३ ले  ऐतिहासिक पृष्ठ भुमिको आधारमा जातीय पहिचानलाई प्राथमिकता दिदै सिफारिस गरिएको १४ प्रदेश, २२ स्वायत्तता क्षेत्र विशेष संरक्षित क्षेत्रको समेत ब्यबस्था गरेको प्रस्ताब नकार्न पाइदैन ।
संगठनका प्रतिनिधिहरु:
१. गणेश तमांग,  अध्यक्षा, नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलिया
२. छिरिंग तेन्जी  लामा , प्रमुख शाल्लाहकार, सेर्पा किदुक, अष्ट्रेलिया
३. सुदीप गौचन, शाल्लाहकार, थकाली सेवा समिति, अष्ट्रेलिया
४ . महेन्द्र  श्रेष्ठ,  अध्यक्षा, गुठी अष्ट्रेलिया
५. सशी चन्द्र राई  अध्यक्षा, किरात राइ यायोक्खा 
६. पदम् छन्त्याल,  अध्यक्षा, छन्त्याल परिवार अष्ट्रेलिया
७. अरुम तामांग,  अध्यक्षा,  तामांग सोसाईटी अफ न.स.व.
८. सशी सुब्बा, उपध्यक्षा,  याक्थुम  चुम्लुंग अष्ट्रेलिया
९. प्रताब खरेल, प्रतिनिधि, कोचिला संघर्ष समिति 
१०. चित्र बहादुर तुम्बहाङफे,  उपध्यक्षा नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलिया
११. कर्ण राजबंशी, महासचिब, नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलिया
१२. लील बहादुर गुरुंग सचिब नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलिया
१३. समिर  बान्तवा राई. कार्यकारी सदस्य, नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलिया
सिड्नी बाट ज्ञापन-पत्र बुझाउन  क्यानबेरा पुगेका यस टोलीले  अस्ट्रेलियाका लागि आउनु भएका नयाँ राजदुत रुद्र कुमार नेपाल संग परिचायत्मक स्वागत कार्यक्रम समेत राखेको थियो, जसमा आ-आफ्नो संगठनको तर्फ बाट शसी सुब्बा, अरुम तामांग,शासी चन्द्र राई, महेन्द्र श्रेष्ठ, प्रताब खरेल, कर्ण राजबंशी, सुदीप गौचन, छिरिंग तेन्जी  लामाले स्वागत मन्तब्य दिनु भएको थियो । क्यानबेरा बाट डा. होम मुर्ति पन्त र उप नियोग प्रमुख लोक बहादुर थापाले पनि मन्तब्य दिनु भएको थियो । सो कार्यक्रमको अध्यक्षाता  गरिरहनु भयका  गणेश तामांगले  वर्तमान युगमा कुनैपनि व्यक्ति  आफ्नो अधिकार र पहिचान बिना काहिँ पनि बस्न नसक्ने तर्क प्रस्तुत गर्दै यसमा कसै, कतै बाट कन्जुसाई गर्नु नहुने कुरा माथि जोड दिनु भएको थियो भने राजदुत रुद्र कुमार नेपालले ज्ञापन-पत्र लाई सम्बन्धित ठाँउमा पठाउने र नेपालीको हक अधिकार र पहिचानको कुरामा आफुले  र दुताबासले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियोकार्यक्रमको संचालन चित्र बहादुर तुम्बहाङफेले गर्नु भको थियो भने हिमालयन रेडियोका डाइरेक्टर टिका कार्कीले कार्यक्रम को समिक्षा गर्नु भएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %