जनजाति महासंघद्धारा सरकुर्लर जारी: जेठ ७, ८ र ९ गते नेपाल बन्द

Read Time:13 Minute, 24 Second

नेपाल आदिवासी जनजाति महासंघद्धारा जिल्ला समन्वय परिषदहरुको लागि ०६९ जेठ २ गतेजारी गरिएको सरकुर्लर

नेपाल आदिवासी जनजाति महासंघ समावेश भएको आदिवासी जनजाति संयुक्त संर्घष समितिको २०६९ जेठ १ गते अक्ष्यश्वर महावीर, पुल्चोकमा बसेको केन्द्रीय कार्यसमतिको वैठकले नयाँ संविधानमा निम्न मागहरु सुनिश्चित गर्न  घोषणा गरेको शान्तिपूर्ण जनआन्दोलनको कार्यक्रमहरुबारे स्पष्ट पार्न नेपाल आदिवासी जनजाति महासंघले आफ्नो जिल्ला संगठन जिल्ला समन्वय परिषदहरुलाई यो सरकुर्लर जारी गरिएकोछ ।

आन्दोलनको उदेश्यहरु : 
१ जायित पहिचानको आधारमा राज्य पुनसंरचना हुनु पर्ने र
२ जातिय पहिचानको आधारमा प्रस्तावित प्रदेशको संख्या घटाउन नपाईने
३ आदिवासी जनजातिको स्वशासन र आत्मनिर्णयको अधिकार स्थापित गर्नु पर्ने
४ आदिवासी जनजातिमाथीको सबै विभेद अन्त्य भएको संविधान जारी हुनु पर्ने र 
५ हिमाल पहाड र तराई मिलाएर अखण्ड भौगोलिक प्रदेश बनाउन नहुने

०६९ जेठ ३ गते ठीक २.३० बजे :
सिठ्ठी जुलुस, संविधानसभा घेराउ तथा कोणसभा : अनम नगर वा पुरानो बानेश्वर चोकमा भेला भएर सिठ्ठी बजाउदै संविधानसभाको गेट नं ३ मा पुग्ने । उक्त भेलालाई नेकपा एमाले वरिष्ठ उपाध्यक्ष अशोक राई, एकीकृत नेकपा माओवादीको वरिष्ठ नेता राम वहादुर थापा (वादल) आदिवासी जनजाति सभासदसभा (ककस) को अध्यक्ष पृथ्वसिुब्बा गुरुङ, नेपाल सदभावन पार्टीको नेता लक्ष्मणलाल कार्ण र नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष राजकुमार लेखी थारुले सम्बोधन गर्नुहुनेछन् ।
पुनश्च : ७५ जिल्लामा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले सिठ्ठी जुलुस र कोण सभा गर्ने र संर्घष समितिको आन्दोलन प्रति ऐक्यवदात जनाउने ।

०६९ जेठ ५ गते
जनप्रदर्शन : मध्यान्ह १२ बजे भृकुटी मण्डपमा तामसालिङको विशाल जनप्रर्दशन । मोटरसाईकल र्‍याली : दिउसो २ बजे बसन्तपुरमा नेवा स्वायत्त राज्य मंक संर्घष समितिको आयोजनामा मोटर साईकल
र्‍याली ।
पुनश्च : ७५ जिल्लामा आदिवासी जनजाति संयुक्त संर्घष समति गठन भएको जिल्लामा संर्घष समितिले र संघर्ष समिति गठन नभएका जिल्लाहरुमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले ७, ८ र ९ गतेको नेपाल बन्दाको पर्चा पाम्लेट वितरण गर्ने ।  

०६९ जेठ ६ गते
विशाल जनपर्दशन दिउसो २ बजे
टुडिखेल खुल्ला मञ्चमा नेवा स्वायत राज्य मंक संघर्ष समितिद्धारा विशाल  जनप्रदर्शन । चावेल चोकमा शेर्पा स्वायत्त प्रदेशको जनप्रर्दशन । गौशाल चोकमा तामसालिङ स्वायत्त प्रदेशको जनप्रर्दशन । कोटेश्वर चोकमा किरॉत स्वायत्त प्रदेशको जनप्रर्दशन । सात दोवाटो चोकमा लिम्बुवान प्रदेशको जनप्रर्दशन । कलंकी चोकमा मगरात स्वायत्त प्रदेशको जनप्रर्दशन । बालज्यु चोकमा तमुवान स्वायत्त प्रदेशको जनप्रदर्शन । बानेश्वर चोकमा वल्लो किरॉत प्रदेशको जनप्रर्दशन । तिनकुने चोकमा थरुहट स्वायत्त प्रदेशको जनप्रर्दशन । भोटे लामा स्वायत्त प्रदेशको जनप्रर्दशन ……………….।
पुनश्च : ७५ जिल्लामा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले सांस्कृति झॉकी सहित जनप्रर्दशन, सॉझा ६ बजे मसाल जुलुस प्रर्दशन गर्ने वा जनप्रर्दशन गर्न नसक्ने जिल्लामा कोणसभा र सॉझा ६ बजे मसाल जुलुस प्रर्दशन गर्ने ।

०६९ जेठ ७, ८ र ९ गते नेपाल बन्द
आदिवासी जनजाति संयुक्त संर्घष समितिले आव्हनमा ३ दिने नेपाल बन्द  ।
७५ जिल्लामा आदिवासी जनजाति संयुक्त संर्घष समिति गठन भएको जिल्लामा संर्घष समिति मार्फत नेपाल बन्द गर्ने र संर्घष समिति गठन नभएको जिल्लाहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले नेपाल बन्द गर्ने । नेपाल बन्दबारेको सरकुर्लर हेर्नु हुन अनुरोध  गर्दछु । 
आदिवासी जनजातिको अधिकार सम्बन्धि नाराहरु
जातिय  पहिचानको आधारमा राज्यको पुनसंरचना हुनै पर्छ — हुनै पर्छ
जातिय पहिचानको आधारमा प्रस्तावित प्रदेशको संख्या घटाउन पाईन्दैन — पाईन्दैन
हिमाल पहाड तराई मिलाएको भौगोलिक प्रदेश चाहिन्दैन — चाहिन्दैन
खुट्टा धरो टेक आदिवासी सभासदहो हामी तिमिहरुको साथमा छौ — साथमा छौ
अखण्ड सुदुर पश्चिम मान्दैनौ — मान्दैनौ
सबै खाले अतीवादी मुर्दावाद — मुर्दावाद
संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र विरोधी मुर्दावाद — मुर्दावाद
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षको रक्षा गर
राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर —रक्षा गर
आदिवासी जनजातिको स्वशासन आत्मनिर्णयको अधिकार ग्यारेण्टी गर — ग्यारेण्टी गर
आदिवासी जनजातिमाथिको सबै खाले उत्पीडनको अन्त्य हुनै पर्छ — हुनैपर्छ
आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको संविधान जारी गर — जारी गर
संम्र्पूण आदिवासी जनजाति एक हौ — एक हौ
आदिवासी जनजातिको एकता जिन्दावाद — जिन्दावाद
आदिवासी जनजातिको एकता बााडनेदेखि होशियर — होशियर
आदिवासी जनजातिहरुसंग गरिएको संझौत लागु गर — लागु गर
आई एल ओ १६९ र यू एन ड्रिप कार्यन्वयन गर — कार्यन्वयन गर
प्रकृतिक श्रोत साधान माथी अदिवासी जनजातिको अधिकार स्थापित गर —स्थापित गर
समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर —लागु गर
प्रथाजन्य परम्परागत न्यायिक प्रणालीको संवैधानिक ग्यारेण्टी गर — ग्यारेण्टी गर
नयाँ संविधानमा भाषिक समानता कायम गर —  कायम गर  
संविधानको मस्यौदा आदिवासी जनजातिको मातृभाषाहरुमा प्रकाशन गर — प्रकाशन गर 
नयाा संविधानको नाम “संघीय गणतन्त्र नेपालको संविधान” हुनै पर्छ  — हुनै पर्छ
संविधानसभामा दलहरुले व्हीप जारी गर्ने कानुनी व्यावस्था खारेज गर — खारेज गर
राज्यले खोसेको आदिवासी जनजातिहरूको भूमीहरू तुरून्त फिर्ता गर — फिर्ता गर
महिलाको कोटामा आदिवासी महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर—सुनिश्चित गर
युवा कोटामा आदिवासी जनजाति समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर —सुनिश्चित गर
आदिवासीको पहिचानमा आधारित समवेशी संघीय शिक्षा प्रणाली सुनिश्चित गर —सुनिश्चित गर
सूची उन्मुख आदिवासी जनजातिको  न्यायिक माग पुरा गर — पुरा गर
राज्यको सबै तहमा आदिवासीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर — सुनिश्चित गर
आदिवासी जनजातिको एकता जिन्दावाद — जिन्दावाद
नेपाल बन्दको लागि पूर्व तयारी कार्यहरु

१. बैशाख ४ गते भित्र सबै जिल्लामा आदिवासी जनजाति संयुक्त संघर्ष समिति गठन भएको जिल्लाम संर्घष समितिको वैठक बोलाउने र संर्घष समिति गठन नभएका जिल्लाहरुमा सबै जातीय संगठनहरु, युवा, विद्यार्थीै, प्रत्रकार, महिलाको पुरा कार्यसमितिको सदस्यहरु, गााउ समन्वय परिषदहरुको प्रतिनिधीहरुको सहित नेपाल बन्दको तयारी वैठक बस्ने । सबै संगठनहरुको विच स्पष्ट तरिकाले सबै काम र जिम्मेवारी बाँडफााड गर्ने ।

२. विगतमा नेपाल बन्द गर्दा भएका कमीकमजोरीबारे विस्तृत छलफल गर्ने र त्यस्ता कमीकमजोरीहरु फेरी हुन नदिन आवश्यक संयन्त्रहरु निर्माण गर्ने ।

३.  नेपाल बन्दको दिन विहान ५ बजेदेखि नै बन्दको अवज्ञ गर्ने सवारी साधानहरुलाई  कडा चेतवानी दिने । 
४. केन्द्रीय जातिय संगठन, केन्द्रीय संम्बन्धन संगठन र जिल्ला समन्वय परिषदको अध्यक्षज्युहरु, महासचिव/सचिवज्यहरु प्रहरी प्रशासनको  गिरफतारबाट  जोगिन सुरक्षित स्थानमा रहेर नेपाल बन्द परिचालन गर्ने ।

५. नेपाल बन्दको ३ दिनसम्म संम्पर्कमा रहि रहनको लागि  विशेष गरेर अध्यक्ष, महासचिव र सचिवहरुको मोवाईल फोनहरुमा आवश्यक रकम चार्ज गर्ने र व्याट्री चार्ज गरेर राख्ने ।

६. केन्द्रीय जातिय संगठन, केन्द्रीय संम्बन्धन संगठन र जिल्ला समन्वय परिषदको अध्यक्षज्युहरु, महासचिव/सचिवज्यहरु नेपाल बन्दको बेलामा आदिवासी जनजाति प्रत्रकारसंघको सहयोगमा स्थानीय संचार एफएममा अन्तवार्ता दिईरहने व्यवस्था मिलाउने ।

७. बन्दको विहान ५ बजेभित्र सडकमा इटा, ढुङ्ग तथा सिसाको टुक्राहरु छरेर आवरोध पुर्‍याउने । सवारी साधान र संघ संस्थाहरुलाई बन्द गर्न विनम्रपूर्वक अनुरोध गर्ने ।

८. सबै आन्दोलनकारीहरुलाई प्रहरी प्रशासनको गिराफतारीबाट जोगिएर ३ दिनको नेपाल बन्द सफल पार्ने काम गर्न स्पष्ट निर्देशन दिने ।

९. यदि प्रहरी प्रशासनबाट गिराफतारी नहुने अवस्था भएमा आफ्नो संगठन र महासंघको झण्डा सहित सार्वजानिक चोक, स्थानहरुमा नारा जुलुस पर्दशन गर्ने कोणसभा गर्ने  ।

१०. नेपाल बन्दको क्रममा गिराफतार भएको संख्या र नाम एस एम एस गरेर अध्यक्ष राजकुमार लेखी थारु ९८४१४३७४०० महासचिव आङ काजी शेर्पा किसान ९८५१० ४८१८४ र आदिवासी जनजाति पत्रकार संघको अध्यक्ष मोहनसिहं लामा ९८५१०७०३४४ र महासचिव डण्ड गुरुङ ९७५१००४००९ का साथै स्थानीय एफ एममा जानकारी गराउनु होला ।

११. नेपाल बन्द शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने गराउने । सम्प्रादायिक सदभाव असर पुग्ने कुनै पनि कार्य तथा गतिविधी नगर्न कडा निर्देशन दिने ।

१२. आदिवासी जनजातिको संम्पूर्ण कार्यक्रमहरुबारेको समाचार  निम्न ठेगानामा पठाउनुहोला ।

संघीयताको लागि आदिवासी जनजाति पत्रकारको अभियान
Anij.center@gmail.com

फोन  र फ्रयाक्स नं ४७८४१२९
आङकाजी शेर्पा
महासचिव 
नेपाल आदिवासी जनजाति महासंघ

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %