स्वायत्त मगरातका लागि जेठ ३ गते सिठी जुलुस

Read Time:1 Minute, 14 Second

नयाँ संविधानमा स्वायत्त मगरात प्रदेश स्थापनाका लागि मगरहरुले सिठी जुलुस गर्ने भएका छन् । जेठ ३ गते दिनको १ बजे काठमाडौं अनामनगर हनुमानथानबाट जुलुस शुरु हुने नेपाल मगर संघका महासचिव नविन रोका मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

संघीयता विरोधीहरुले विभिन्न नाटक गरेर नेपाली जनताको अधिकारमाथि कुठाराघाट गर्न खोजिरहेकाले आफूहरुले आन्दोलनका कार्यक्रम सन्चालन गरेको महासचिव रोका बताउँछन् । जेठ १४ गते भित्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका लागि आफूहरु जस्तो सुकै दवाव दिन तयार रहेको पनि उनले बताए ।

मगर आदिवासी जनजाति मध्ये सबैभन्दा ठूलो र नेपालका सबै जातीहरु मध्ये तेस्रो ठूलो जाति हो । यति भएर पनि शासन सन्चालनमा मगरको उपस्थिति नगन्य अवस्थामा छ ।

तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %