देवदह १ मा मगर संघको अधिवेशन

Read Time:1 Minute, 42 Second

 

नेपाल मगर संघ देवदह-१ वडा समितिको चौथो अधिवेशन देवदह १ प्रगतिबजारमा सम्पन्न भएको छ । जेठ २ गते सम्पन्न अधिवेशनले पदमबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ज्ञानीसरा थापा, सचिवमा हिमाल सारु, सहसचविमा गिता िसंजाली, कोषाध्यक्षमा डुलबहादुर कुवर मगर रहेका छन् । सदस्यहरुमा दिलमाया काम्मु, धनविर सारु, टुलबहादुर गाहा र पार्वती खाम्चा चयन भएका छन् ।

अधिवेशनले लालबहादुर दर्लामी, ओमबहादुर पुलामी, टकबहादुर घर्ति, फत्तबहादुर घर्ति, बोमबहादुर वाह्रघरे, होम बुढा मगरलाई सल्लाहकारमा चयन गरेको अध्यक्ष पदम थापाले बताए । संघका अध्यक्ष ओम बहादुर पुलामीको अध्यक्षता नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दलार्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव गोविन्द घर्ति, मोहन बहादुर वारघरे, टकबहादुर घर्ति, तिलबहादुर सूर्यवंशी लगायतले बोल्दै हक र अधिकार प्राप्त गर्न सम्पूर्ण मगरहरु एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिइएको थियो । सचिव होम बुढाको संचालन फत्त बहादुर घर्तिको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

गोविन्द घर्ति, देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %