जनमुक्तिले फाँसी दिन लागेको संघीयता बिरोधीको पुत्लालाई प्रहरीले बचायो

Read Time:1 Minute, 23 Second


राष्टिय जनमुक्ति पार्टी पाल्पा र उसका भातृ संगठनले सोमबार तानसेनमा संघियता बिरोधीहरुको सार्बजनिकरण गर्ने भन्दै संघियता बिरोधीको प्रतिक स्वरुप पुत्ला झुडयाएको छ । तानसेन टुँडिखेलमा कार्यक्रममा राष्टिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य हरिदेब थापा, जिल्ला सचिब उजिरसिँ दर्लामी, जिल्ला अध्यक्ष केयर सिँ राना लगाएतले संबोधन गदै हिजो राज्यसत्ाुामा हाली मुहाली गरेकाहरुले संघीयताको बिरोध गरेको बताएका थिए ।

जातीय जनसंख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै उनीहरुले जातीय सदभाबलाई खलल पुग्ने काम कोही कसैले पनि गर्न नहुनेमा जोड दिएका थिए । कार्यक्रम पछि संघीयता बिरोधीहरुको प्रतिक स्वरुपम झुडयाएको पुत्लालाई केही समयपछि नै प्रहरीले हटाएको थियो ।

देव पचभैया, पाल्पा


जनमुक्तिद्वारा संघीयता विरोधीको पुत्लालाई फाँसी


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %