राष्ट्रिय एकता र जातीय सदभावका लागि नेपालमा पहिचान सहितको संघीयता आवश्यक भएको तथाडेढ करोड जनजातिले संघीयता विरोधीको प्रतिकार गर्नुपर्छ- प्रचण्ड भन्ने एमाओवादी पुष्पकमल दाहाल भनाईप्रति एक समूहले विरोध गरेका छन् । ती समूहले जेठ १ गते प्रेस विज्ञप्तिमार्फत प्रचण्डको भनाईलाई आश्चर्यजनक र अकल्पनीय भएको ठहर गरेको छ ।
यसरी विज्ञप्ति निकाल्नेहरुमा प्रेमबहादुर खड्का, केदारनरिसंह केसी, तारानाथ दाहाल, चरण प्रसाईँ, सुदीप पाठक, सुबोध प्याकुरेल, बाबुराम गिरी, हिरेन्द्रमान प्रधान, केशवप्रसाद भट्टराई, यदुनाथ खनाल, मोहन ज्ञवाली, दिनेश त्रिपाठी, भूपेन्द्रंकुमार बस्नेत, किरण पोखरेल, सीताराम केसी, धर्मेन्द्र झा, अमुदा श्रेष्ठ, इन्दिरा सापकोटा, पोषण केसी, मधुसुदन पुन, विनकुमार विश्वकर्मा, कमला राई, अन्जनीकुमार झा, सकना खान, चुन्निशरण यादव र शेरबहादुर केसी रहेका छन् ।
