राष्ट्रिय एकता र जातीय सदभावका लागि पहिचान सहितको तमुवान स्थापना गर्न कास्कीमा गठित तमुवान भोलिन्टियस्रले वडा वडामा संयन्त्र विस्तारका लागि जिम्मेवार तोकेको छ । भोलिन्टियस्र कास्कीको वैशाख ३१ गते सम्पन्न बैठकले टोल टोलमा संयन्त्र विस्तार र प्रशिक्षणको संयोजन गर्नका लागि पोखरामा उपमहानगरपालिका वडा नं १ मा सन्देश तमु, २ मा गोविन्द पुन मगर र कृष्ण मिगिन मगर ३ मा फरेन्द्र थापामगर, ४ मा राहुल तामांग ५ मा सिर्जना तमु र सुरज तमु, वडा नं ६ मा गोपाल तमु र ७ मा डिमन तमुलाई जिम्मेवारी तोकेको छ ।
यसैगरी वडा नं ८ मा बालकुमार तमु र प्रेम तमु, ९ मा रोशनी तमु, १० मा आसबहादुर तमु र गम्भीर राना, ११ मा सुनिल तमु, १२ मा राजन तमु र बौद्ध तमु, वडा नं १३ मा बाबुराम तमु र महादेव तमु, १४ मा प्रकाश तमु, १५ मा राज तमु र इन्द्रबहादुर तमु, १६ मा विनु थापामगर, १७ मा शंकर तमु, कुमार तमु र विकास तमु, १८ मा नारायण तमु र जसबहादुर तमुलाई जिम्मेवारी दिएको सदस्य सचिव केवी तमुले जानकारी दिए ।
यसैगरी मालेपाटनमा माओत्सेतुंग तमु, जनपि्रय मिलनटोलमा नौजंग तमु, गुरुंग फिल्म एशोसियसनमा मनोज तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालमा भेषराज तमु, लेखनाथ क्षेत्रका लागि सन्तोष तमु, सोम तमु, रबिन तमु र कृष्ण तमु ढिकुरपोखरीमा राजकुमार तमु र इन्द्र तमु पुम्दीभुम्दीमा डेविड तमु र आदिवासी जनजाति विद्यार्थी संगठनहरुमा फरेन्द्र थापामगर र युवराज तमुले संयोजन गर्ने संयोजक कृष्णकुमार तमुले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
हुम तमु, पोखरा
