तमुवान भोलिन्टियस्रको वडा-वडामा समिति

Read Time:3 Minute, 3 Second

राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि तमुवान भोलिन्टियस्रले हरेक वडामा संठगन विस्तार गरेको छ । टोल टोलमा तमुवान भोलिन्टियस्र भन्ने नाराका साथ पहिचान सहित तमुवान पक्षधर युवाहरु संगठित गर्ने अभियान अन्र्तगत जेठ १ गते पोखरा उपमहानगरपालिकाको वडा नं १, १४, १५ र १८ मा वडा नेतृत्व चयन गरिएको हो  ।
 
वडा नं. १ को भिमकालिपाटन तमु समाजमा बुद्धिमान तमुको अध्यक्षतामा सम्पन्न युवा भेलाले सन्देश तमु संयोजक, राधा तमु सहसंयोजक गंगा तमु सचिव, दुर्गाबहादुर तामांग कोषाध्यक्ष, सहित धनराज तमु, अमृत तमु, जिवन तमु, सन्तोष तमु, सुमन तमु, निश्चल तमु, रविन तमु, सुनिल तमु, सुदिप श्रेष्ठ, सुनिल जिसी, सुनिल शाही रहेको वडा नं १ तमुवान भोलिन्टियस्र गठन भएको छ ।

भेलामा तमुवान संघर्ष समिति कास्कीका अध्यक्ष देविराज तमु, भोलिन्टियस्रका सल्लाहकार लालबहादुर तमु, सचिव भरतमान तमु, नोमराज तमु, देवराज तमु, गंगाबहादुर तमु, सन्देश तमु लगायतले आदिवासी जनजातिले नयाँ संविधान तथा राज्य पुनसंरचनामा पहिचान सहितको तमुवानको मागको चर्चा गर्दै भोलिन्टियस्रको दायित्वका बारेमा धारणा राखेका थिए ।

यसैगरी पोखरा उपमहानगरपालिका वडा नं.१४ मा भएको भेलाले ओमबहादुर थापामगर, संयोजक रक्ष तमु, सहसंयोजक र यमबहादुर तमु सचिव रहेको वडा संयन्त्र गठन गरेको छ । यसरी नै वडा नं. १५ मा जोन तमु संयोजक डिल्लीराम पुन, सहसंयोजक लुकबहादुर तमु सचिव रहेको तमुवान भोलिन्टियस्र वडा संयन्त्र गठन भएको छ ।
यस्तै पोखरा उपमहानगरपालिका वडा नं. १८ स्थित पैयुँखोला तमु समाजमा भएको भेलाले दिनेश तमु संयोजक, ढोलबहादुर तमु सहसंयोजक र चित्र तमु सचिव सहित वडा नं. १८ को तमुवान भोलिन्टियर गठन भएको सदस्य सचिव केवी तमुले जानकारी दिए  ।

कार्यक्रममा तमुवान संघर्ष समितिका केन्द्रिय संयन्त्र सदस्य पानबहादुर घर्ती, जिल्ला अध्यक्ष मण्डलका  सदस्य दिपक तामांग, भोलिन्टियस्रका सल्लाहकार माओत्से तमु, रिम तमु, राज तमु, नारायण तमु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %