जनजातिले एमाले अध्यक्ष भेटे

Read Time:1 Minute, 13 Second

नेपाल आदिवासी जनजाति महासंघ लगायतका जनजातिसम्बद्ध विभिन्न संघसंस्थाको एक प्रतिनिधि मण्डलले नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर संविधानसभामा दलीय ह्विप लगाउन नपाईने माग राखेका छन् । उनीहरुले जेठ १ गते एमाले अध्यक्ष खनाललाई भेटेर यस्तो माग राखेका हुन ।

जनजाति प्रतिनिधि मण्डलले एकल जातीय पहिचानमा आधारित संघीय प्रदेश बनाउनुको विकल्प माग समेत गरेका थिए । आदिवासी जनजाति र दलितहरुप्रति खासै उदार नमानिने नेता खनालले जनजातिहरुसँगको भेटमा आफ्नो पार्टी जहिल्यै पनि उत्पिडित र दलितको पक्षमा रहेको दाबी गरेका थिए ।

यही प्रतिनिधि मण्डलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति सुशिल कोइरालालाई भेटेर आफ्नो माग राखिसकेका छन् ।

तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %