एनेकपा माओवादी सेती महाकाली राज्य समितिले अखण्ड सुदुरपश्चिमको माग अर्थ हिन भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । समितिले जेठ १ गते राजधानीमा पत्रकार सम्मेलन गरेर दुई हप्तादेखि सुदूरपश्चिमको बन्दलॆ जनताको वास्तविक मागलाई बेवास्ता गरेको निश्कर्ष समेत निकालेको छ ।
एमाओवादी सेती महाकाली राज्य समितिका इन्चार्ज धर्मेन्द्र बास्तोलाले पार्टीको आधिकारिक धारणा अनुरुप सात जिल्ला समेटेर सेती-महाकाली प्रदेश र कैलाली काचनपुरलाई थरुहट राज्यमा मिलाइने धारणा राखे ।
यसैगरी कर्णाली स्वायत्त सङ्घर्ष समितिले पनि कथित अखण्ड सुदुरपश्चिमको मागको विरोध गरेको छ । बहुभाषिक बहुसांस्कृतिक मुलुकमा जातीय सद्भाव कायम गर्न र सबै वर्ग क्षेत्रलाई अधिकारसम्पन्न गराउँदा सुदुरपश्चिमको कोही डराउनु पर्ने सङ्घर्ष समितिका संयोजक नरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘कथित अखण्ड सुदुरपश्चिमको आन्दोलन अर्थहीन’
Read Time:1 Minute, 27 Second
