१२ मे, राष्ट्रिय जनमुक्ती पार्टीले जातिय सदभावको नाममा एक थरी जातिबादीहरुले पहिचान सहितको संघिय संरचनाको बिरुद्ध गरेको नेपाल बन्द प्रती कडा आपत्ति जनाएको छ ।
पार्टीको हिँजो काठमान्डुमा बसेको आपत्तिकालिन बैठकले एक प्रस्ताव पारीत गरी त्यस्तो आपत्ति प्रकट गरेको हो । पारीत प्रस्तवमा बैशाख २६ र २७ गते नवलपराशिमा थारुहरुको ऐतिहासिक सांस्कृतिक धरोहर थारु सङग्राहलयमा भएको आगजनी र तोडफोडको पनि कडा शब्दमा भात्सर्ना गरिएको छ । अपराधमा सङ्लग्न अपराधीहरुलाई कानूनी कारबाही गर्नुको सट्ता थारु आन्दोलनअकारीहरुमाथी गोली चलाऊने जस्तो बर्बरता र कायरतापूर्ण कारबाही गरेकोमा सरकारी सन्यन्त्रको आलोचना गरिएको छ ।
प्रस्तवमा जातीय पहिचान सहितको संघिय सँरचना चाहने सम्पूर्ण शक्तिहरुलाई आपसमा एकजूट हुन र जातीय सदभावको लागी आत्मसम्यम र धैर्यको बाटो अपनाउन अपील गरिएको छ ।
राजामुपाद्वारा जातिबादीहरुको नेपाल बन्द प्रती कडा आपत्ति
Read Time:1 Minute, 20 Second
