फाइल तस्व्रिर
जातीय पहिचान सहित गण्डक क्षेत्रलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने माग सहित कास्कीमा एक हजार एक सदस्यीय तमुवान भोलिन्यिस्र गठन भएको छ । तमुवान संघर्ष समिति कास्कीद्धारा वैशाख ३० गते पोखरामा आयोजित बृहत युवा भेलाले कृष्णकुमार तमुको संयोजकत्वमा भोलिन्टियस्र घोषणा गरिएको हो ।
यसैगरी गोविन्द पुन मगर सहसंयोजक, केवी तमु सदस्य सचिव र भरतमान तमु सचिव रहेको भोलिन्टियस्र कास्की गठन गरेको हो । गठित भोलिन्टियस्रले गाँउ गाँउ र टोल टोलमा भोलिन्टियस्र गठन गर्ने भएको छ । भेलाका वक्ताहरुले पहिचान सहितको तमुवान स्थापनाका लागि अन्तिम लडाइ लड्न तयार रहेको प्रतिवद्धता जाहॆर गर्दै तमुवान प्रदेश घोषणा गराउन राजनितिक दलहरु र संविधानसभामा कडा रुपमा प्रस्तुत हुन आदिवासी जनजातिका अगुवा तथा सभासदहरुलाई आग्रह गरेका थिए ।
तमु राष्ट्रिय मुक्तिमोर्चाका तमुवान संयोजक तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष जीत बहादुर तमुले तमुवानका पक्षमा माओवादीले खुट्टा कमाए माओवादी विरुद्ध कडा आन्दोलन थाल्ने चेतावनी दिए । कार्यक्रममा बोल्दै तमुले १४ अाचल ७५ जिल्ला हुदा देश नटुक्रने तर पहिचानको आधारमा १४ मा राज्यको पुनरसंरचना गर्दा देश टुकि्रने भन्ने सामन्ती सोंचका विरुद्ध युवाहरुले प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीले ब्राह्मण क्षेत्री समुदायले आफ्नो आन्दोलनको क्रममा पोखराको विभिन्न चोकहरुमा अखण्ड नेपाल पश्चिमााचलको बोर्ड राखेर संघीयतको विरुद्ध लागेको आरोप लगाए । त्यस्तै लोकतान्त्रिक तमु संघका केन्द्रिय उपाध्यक्ष गणेशमान तमुले वाहुन क्षेत्री लगाएतका समुदायले आदिवासीहरुले जातिय पहिचान मागिरहेको समयमा अखण्ड नेपाल पश्चिमााचलको वोर्ड राखेर आदिवासीहरुलाइ जिस्क्याउने काम भइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरीनै अगाडी वढे जो कोहीलाइ पनि नछोड्न यूवाहरुलाइ आग्रह गरे ।
भेलाका संयोजक धर्म तमुको अध्यक्षतामा भएको बृहत भेलामा तमुवान संघर्ष समिति कास्कीका अध्यक्ष देवीराज तमु, नेपाल तमु संघका जितबहादुर तमु, तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपक तामाङ, मुस्लिम समुदायका समिरदिन मियाँ, संघर्ष समिति कास्कीका सचिव पुर्ण ह्योल्मो, लिम्वुवान संघर्ष समितिका कास्की सचिव गजेन्द्र लिम्बु, तमु विद्यार्थी छोंज िधंका केन्द्रिय महासचिव लालबहादुर तमु, तमु विद्यार्थी समिति नेपालका अध्यक्ष भरतमान तमु, मगर विद्यार्थी संघका तमुवान संयोजक फरेन्द्र थापा मगरj ङ्योए तमु िधं लेखनाथका अध्यक्ष जंगबहादुर तमुj तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमुj अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, कृष्णकुमार तमु, केवी तमु लगायतले तमुवान भोलिन्टियस्रको आवाश्यकता र भावी योजनाका बारेमा चर्चा गरे ।
यसैगरी भोलिन्टियस्रलाई संयोजक तथा सल्लाह सुझावका लागि तेह्र सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । यसरी नै भेलाले तमुवानका गतिविधीलाइ प्रचार प्रसार गर्नका लागि तमुवान न्युज डेक्स समेत स्थापना गरेको छ । डेक्समा अनिज कास्कीको अगुवाईमा कास्कीका कि्रयाशील आदिवासी जनजाति पत्रकारहरु रहेका छन ।
कार्यक्रममा उपस्थित तमु प्ये ल्हु संघ युकेका सल्लाहकार यमबहादुर तमुले तमुवान संघर्ष समितिलाई दश हजार पाँच रुपैया सहित विभिन्न सहयोगदाताहरुले प्रदान गरेका थिए । यसैविच राष्ट्रिय संयुक्त संघर्ष समितिले आयोजना गरेको दुइदिने नेपाल बन्दको क्रममा बन्दको प्रतिकार गर्ने पोखरा छोरेपाटन हरिचोक र पोखरा १३ का यूवाहरुलाई खादा लगाइ सम्मान गरिएको थियो । भेलामा पोखरा लेखनाथ लगायत पोखरा उपत्यका वरपरका गाँउका आदिवासी युवाहरुको बृहत सहभागिता रहेको थियो ।
हुम तमु, पोखरा
