जनताले कडा प्रतिवाद गरेपछि वाहुन क्षेत्रीहरु बन्द फिर्ता लिन बाध्य भएका छन् । वैशाख ३० गतेदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका वाहुन र क्षेत्रीहरु जनताले विहानैदेखि सवारी साधन र पसलहरु खोलेर बन्दको विरोध गरेपछि फिर्ता लिन बाध्य भएका हुन ।
वैशाख २८ गते छिटफुट बन्द भएपनि २९ गते देखिएको बन्दको प्रभावबाट हौसिएर उनीहरुले अनश्चितकालीन बन्द गरे पनि जनताको विरोधपछि पूर्णरुपमा असफल भएको छ । वाहुन क्षेत्रीलाई मात्रै अधिकार दिनुपर्छ भन्ने संघर्ष समिति बनाएका दिलबहादुर क्षेत्रीले भने राईहरुको पर्वका लागि बन्द फिर्ता लिएको हास्यास्पदतर्क गरेका छन् ।
किरात राई यायोक्खाका एक केन्द्रिय सदस्य भन्छन्, ‘हाम्रै विरोधमा बन्द गर्नेले किरातीहरुको पर्व अपवित्र पार्नु नाइन्साफ हो । तर जनताको प्रतिकार हुन थालेपछि फिर्ता लिए पनि हाम्रो पर्व वाहुनेको लाज ढाक्न काम लागेछ ठिकै छ ।’
राजधानी लगायत मुलुकका विभिन्न भागमा जनताले प्रतिकार गर्ने अवस्था बनेपछि उनीहरुले बन्द फिर्ता लिएका हुन ।
