नेपाल कांग्रेसले पहिलो पटक कांग्रेसभित्रका आदिवासी जनजाति सभासद्हरुसित संघीयताको विषयमा छलफल गरेको छ । पहिचानसहितको संघीयताको विपक्षमा उभिदैआएको कांग्रेसले बैशाख ३० गते संसदीय दलको कार्यालय सिँहदरबारमा आदिवासी जनजाति सभासद्हरुसित छलफल गरेको हो ।
बैठकमा कांग्रेस शिर्ष नेताहरुले आदिवासी \जनजाति, दलित, पिछडिएका वर्ग-समुदायको अधिकार सुनिश्चिचताका लागि प्रतिवद्धता जनाएका थिए । आदिवासी जनजाति सभासद्हरुले भने पहिचान बिनाको संघीयता आफूहरुलाई मान्य नहुने बताएको संसदीय दलका प्रवक्त नविन्द्रराज जोशीले बताए । बैठकमा नेपाली कांग्रेसका पदाधिकारीहरुको उपस्थिति थियो ।
एस लिम्बु, काठमाडौं
