हत्याका अभियुक्त पक्राउ

Read Time:1 Minute, 48 Second

गोठालो गएका दुई वृद्ध महिलाको हत्यामा संलग्न दुई जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेन-८ का १७ बर्षिय रोहित शाहि र अर्घाखाँची खन-१ का १९ बर्षिय तुल्सी विक रहेका छन् ।

पाल्पाको चिर्तुङधारा-८ का ७० बर्षिया कुमारी गाहा र ६३ बर्षिया भुनीकला गाहाको हत्यामा संलग्न उनीहरुलाई आज विहान ४ बजे तानसेनबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक  मीरा चौधरीले जानकारी दिए  । प्रहरीले उनीहरुबाट सुनको फुलीमढवारीरिङ्ग बरामद गरेको छ । चौधरीका अनुसार जिल्ला अदालतबाट एकसाता हिरासतमा राख्ने म्याद लिएर उनीहरुमाथि अनुसन्धान सुरु भएको छ । गहना लुट्ने उद्देश्यले उनीहरुले वृद्धाको वैशाख २१ गते दिउसो हत्या गरेका थिए ।

गाईबाख्रा चराउन गएका उनीहरुको शव २२ गते विहान जिल्ला सदरमुकाम तानसेन देखि करिव ४ किलोमिटर टाढाको दुरीमा रहेको बराङदी गाविस-२ को जंगलमा जिउभरी चोट लागेको र टाउको फुटेको अवस्थामा काफलको रुखको फेँदमा फेला परेको थियो । हत्यारा पक्राउ गर्न प्रहरीले पोखरा बाट तालिमप्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरेको थियो ।

देव पचभैया, पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %