वाहुन-क्षेत्रीद्वारा जनजाति सभासदमाथि आक्रमण

Read Time:1 Minute, 13 Second

 

जनजाति दलित मधेशी मुस्लिम र कर्णालीवासीलाई अधिकार दिनु नहुने माग राखेर दुई दिने नेपाल बन्द आव्हान गरेका वाहुन र क्षेत्रीहरुले सभासद सुदन राई र लक्ष्मी गुरुङ्गलाई निर्ममतापूर्वक कुटपिट गरेका छन् । वैशाख २८ गते काठमाडौंको कोटेश्वरमा ‘अधिकार खोज्ने तिमीहरु हैन!’ भन्दै कुटपिट गरेका हुन ।  
संविधानसभाको बैठकमा जाने क्रममा आफूहरुमाथि नियोजित रुपमा आक्रमण भएको सभासद् राईले बताएका छन् ।  राई र गुरुङको उपचार भईरहेको छ । वाहुन र क्षेत्रीले राजधानीका विभिन्न स्थानमा २ ट्याक्सी, ७ बस ३ मोटरसाइकल डफोडसमेत गरेका थिए ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले भने दोषीलाई कारवाही गर्नुको सट्टा वाहुन र क्षेत्रीहरुको बन्द शान्तिपूर्ण भएको बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %