पोखराको लखनको सालिक बाहुन छेत्री समाजद्वारा तोडफोडको प्रयास

Read Time:2 Minute, 30 Second
टेक बहादुर थापा, पोखरा, मिति २०६९ साल बैशाख २७ गते बेलुकी पोखराको लखन चोकमा अवस्थित, नेपालको जहानिया` राणा शासनको अन्त्यको लागि आफ्नो जीवन हासि-हासी बलिदान दिने नेपाल आमाको वीर सपुत अनि नेपालको प्रथम शहिद लखन थापामगरको शालिकलाई, ब्राह्मण, क्षेत्री, समाजको जुलुशले तेाडपफेाड गर्न खेाजे ।
मगरात, तमुवान लगाएत सम्पूर्ण नेपाल तथा नेपाल बाहिर रहनुभएका मगर तथा आदिबाशी/जनाजाति अनि लखन थापामगर  प्रेमी सम्पर्ण नेपाली बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरुको मानसपटलमा कस्तो प्रभाव पर्ने हो भन्ने बिचार नै नगरी, एउटा फोहोरमा फालेको  ढुंगा सम्झिएर तोडफोड गर्न खोजेका थिए ।  तर त्यसलाई त्यहि खटिएका शुरक्षा कर्मचारीहरुले शुरक्षा गरेका थिए | यस्तो अमानविय कार्य गर्न लगाउने त्यो आन्दोलनको  नेतृत्व गर्नेहरुले सार्बजनिक रुपमा आम माफी माग्नु पर्छ कि पर्दैन? बाहुनहरुले थारु संघ्रालयमा गरेको आक्रमणको खस छेत्री समाज द्वारा निन्दा गरे जस्तै अनि अस्ति भर्खर पाल्पामा बाहुनले शान्तिपूर्ण आन्दोलन  बिथोल्न खोजे बापत आम माफी मागे जस्तै यहाँ पोखरामा पनि आममाफी माग्नु पर्छ  त्यस्ता गतिबिधि दोहोर्याउनु हुदैन । त्यो गल्तिको उनीहरुबाट पश्चाताप  भएन भने तेस्को प्रतिफल अवश्य पनि भोग्नु पर्नेछ । उनीहरुले तमुवानको झन्डा पनि जलाएका थिए र तमुवान स्वायत्त गणराज्य लेखिएको साइनबोर्ड तोडफोड गर्ने प्रयास प्रहरीद्वारा रोक्न खोज्दा झडपमा परि प्रदर्शनकारी र प्रहरी गरी सात घाइते भएका थिए ।  अनि स्मरण रहोस यस्तो कुकर्म गर्न खोज्ने चेस्टा अब चाही नदोहोरियोस । हेाइन भने जातीय मेलमिलाप र सदभाव कायम हुन सक्दैन ।  
 
 
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %