राज्यसत्तामा हालीमुहाली गर्नेहरु आफै बन्दको नाटक मन्चन गरिरहेका बेला संविधानसभामा भएका आदिवासी जनजाति मधेशी दलित र मुस्लिमहरुले साझा सवालमा मोर्चा कसेका छन् । सिँहदरबारस्थित विकास समितिको भवनमा वैशाख २८ गते राज्य पुनसंरचना गर्दा एकल पहिचान सहितको संघीय प्रदेश बनाउने निर्णय गरेका हुन् । यसका लागि राजनीतिक दल र संवैधानिक समितिमा संयुक्त पहल गर्ने विषयमा सहमति कायम भएको हो ।
चार बुँदे सहमतिको दोस्रो बुँदामा भनिएको छ विवादि विषयमाहरुमा राजनीतिक सहमति हुन नसकेको अवस्थामा हामी आदिवासी जनजाति मधेशी दलित मुस्लिम र अन्य विभिन्न दलसम्बद्ध तथा स्वतन्त्र सभासदहरु एकल पहिचानमा आधारित राज्यको पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदन र राज्यपुनसंरचना उच्चस्तरीय सुझाव आयोगको बहुमतको प्रतिवेदनलाई मुख्य आधार बनाई संघीय राज्य पुनसंरचनाको पक्षमा दृढता पूर्वक उभिने प्रतिबद्धता व्यक्ति गर्दछौं ।

सहमति नभएका विषयहरुलाई संविधानसभा नियमावली अनुसारको प्रकि्रया अविलम्ब अगाढि बणउन पनि संविधानसभा अध्यक्षलाई अनुरोध समेत गरेका छन् । यो प्रष्ट रुपमा बहुमतबाट छिनोफानो गर्ने माग हो । वैठकमा सहभागी एक नेताले राज्यसत्तासँग भने हामी दुई तिहाई भन्दा बढीको सहमति विना उनीहरुले संविधान कसरी बनाउँदा रहेछन् हेरौं ।
नवलपरासी र कन्चनपुरमा वाहुनहरुले शान्तिपूर्ण आन्दोलनमा उत्रेकाहरुमाथि गरेको आततायी आक्रमणको समेत उनीहरुले कडा विरोध गरेका छन् ।
संयुक्त गठबन्धनमा एमाओवादीका अमिक शेरचन, वर्षमान पुन, काँग्रेसका इन्द्रबहादुर गुरुङ्ग, एमालेका पृथ्वी सुब्बा गुरुङ्ग, फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, राष्ट्रिय जनमुक्ति पार्टीका एमएस थापा, सदभावनाका राजेन्द्र महतो, तमलोपाका ह्रदय त्रिपाठी, फोरम गणतान्त्रिकका राजकिशोर यादव, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च थरुहटकी रुक्मिणी चौधरीले रहेका छन् ।
यसैगरी नेवा पार्टीका बुद्धरत्न मानन्धर, माले समाजकावादीका तिलकबहादुर थापा मगर, तमलोपा नेपालका महेन्द्र यादव, संघीय सदभावनाका अनिल झा, स्वतन्त्र सभासद सदरुल मियाँ हक, देव गुरुङ्ग, पासाङ शेर्पा, जितेन्द्र सोनल, सुरेश आले मगर, रणध्वज लिम्बु, भगवती चौधरी, प्रेम तामाङ, रुपा सोसी चौधरी, दलबहादुर राना, चन्द्रिका प्रसाद थारु, ऋलाउदिन मुसलमान, हरिजन राना, मृगेन्द्रकुमार यादव, गोविन्द चौधरी, जीपछिरिङ लामा, रामजनम चौधरी, दानबहादुर चौधरी कुर्मी, सर्वदेवप्रसाद ओझा लगायत रहेका छन् ।
