नवलपरासीको जातीय संग्राहलय आगजनिबारे ‘हिमाली सरोकार अन्तर्राष्ट्रिय समूहको प्रेश विज्ञप्ति

Read Time:3 Minute, 19 Second
नवलपरासी जिल्लाको जातीय संग्राहलय आगजनिबारे   ‘हिमाली सरोकार अन्तर्राष्ट्रिय समूह’ [Himalayan Concerns International Group (HCIG)] को
 
प्रेश विज्ञप्ति  

मंगलबार मे – ०८ – २०१२
_______________________________________


नवलपरासी जिल्लाको डण्डास्थित आदिवासी थारु जातिको परिचय एवम् ऐतिहासिकता झल्काउने जातीय संग्राहलयमाथि बाह्मण क्षेत्री समुदायसंग सम्बन्धित केही उग्रवादीहरूको समूहद्वारा आज गरिएको आगजनी र स्थानीय थारुहरुमाथि भएको सांघातिक आक्रमणको संयुक्त राज्य अमेरिका स्थित ‘हिमाली सरोकार अन्तर्राष्ट्रिय समूह [Himalayan Concerns International Group (HCIG)] ‘ घोर निन्दा र भर्त्सना गर्दछ |

र साथै, ‘थारु संयुक्त संघर्ष समिति’सित तत्सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाट आफ्नो ऐक्यवद्दता जाहेर गर्दै नेपालका सबै आदिवासी जनजाति संघ संस्थाहरु , संविधान शभाका आदिवासी जनजाति सदस्यहरु, राजनीतिक  नेताहरु, प्राज्ञहरू, पत्रकार  एवम अन्य अगुवा तथा कार्यकर्ताहरुलाई संघीयताका सवालमा एकीकृत हुन पनि आह्वान गर्दछ | 

‘हिमाली सरोकार अन्तर्राष्ट्रिय समूह [Himalayan Concerns International Group (HCIG)] ‘ यस्तो अत्यन्त गम्भीर राष्ट्रिय सवालमा किमार्थ मौन दर्शक बनेर बस्न सक्दैन भने यसबारेमा नेपाल सरकार त्यत्तिक्कै मुक दर्शक भएको हेर्न पनि चाहदैन | 

आगजनी गराइएका कारण हुन गएको सम्पूर्ण क्षतिको यथासम्भव पूर्तिका साथै कुटपिट गरी घाईते बनाइएकाहरुको तत्काल औषधोपचारका लागि ‘हिमाली सरोकार अन्तर्राष्ट्रिय समूह [Himalayan Concerns International Group (HCIG)] ‘ नेपाल सरकारसंग आफ्नो जोडदार माग गर्दछ । 

‘हिमाली सरोकार अन्तर्राष्ट्रिय समूह [Himalayan Concerns International Group (HCIG)] ‘ हाल नेपालमा घटी रहेका प्रत्येक घटना परिघटनाको अत्यन्त शूक्ष्म तरिकाले लेखाजोखा गरिरहेको छ र नेपालको निम्ति संघीयताको अब कुनै विकल्प नरहेकाले नेपाल सरकारले  शान्ति र सामाजिक सद्भाव कायम गर्नका निम्ति  तत्काल उपयुक्त  ‘संघीय संविधान ‘जारी गरी त्यो अति सुन्दर हिमाली मुलुक, नेपाललाई       एउटा सही दिशातिर अग्रशर गरावोस भन्ने पनि चाहन्छ |
धन्यवाद,

सदस्य श्री चप्चा जे कि , जर्मनी ,
सदस्य श्री जे. बि.राई , स्कट ल्याण्ड , 
संयोजक – श्री बि. के. राना मगर , संयुक्त राज्य अमेरिका 
‘हिमाली सरोकार अन्तर्राष्ट्रिय समूह 

Himalayan Concerns International Group (HCIG)

 

The Himalayan Voice

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %