सुकुम्बासीद्वारा काठमाडौ उपत्यका बन्द आह्वान(तीन तस्विर)

Read Time:1 Minute, 33 Second

बाग्मती नदी किनारमा बस्दै आएका सकुम्बासीहरुलाई सरकारले प्रहरी परिचालन गरी बलपूर्वक हटाएको भन्दै सुकुम्बासीहरुले वैशाख २७ गते काठमाडौ उपत्यका बन्द आह्वान गरेका छन् ।

सुकुम्बासीहरुको तर्फबाट संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले वैशाख २५ गते राजधानीमा पत्रकार सम्मेलन गरेर बन्द आव्हान गरेका हुन । सुकुम्बासीको बैकल्पिक व्यबस्था नगरी बस्तीमा डोजर लगाई उठिवास गरिने काम निन्दनिय भएको भन्दै मोर्चाले वैकल्पिक ब्यवस्थाको माग गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष पदम देवकोटाका अनुसार प्रहरीले २९७ घर भत्काएको छ । २५ गते विहान काठमाडौं थापाथलीस्थित बागमती किनारामा घर बनाएर बसेकाहरुलाई सरकारले प्रहरी प्रयोग गरेर हटाएका छन् । सरकारले सुकुमवासी वस्तीको विद्यालय समेत डोजर भत्काई दिएको छ ।

तीन महिना पहिला नै सूचना दिएर तीन महिनाको घर भाडावापत  रु १५ हजार दिँदा पनि वस्ती खाली नगरेको भन्दै सरकारले बल प्रयोग गरेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %