जातीय पहिचान सहित तमुवान स्थापनाका लागि पोखरामा आदिवासी जनजातिहरुको बृहत भेलाले तमु धिँ नेपालका महासचिव देवीराज तमुको अध्यक्षतामा एक हजार एक सदस्यीय तमुवान संघर्ष समिति कास्की गठन गरेको छ । वैशाख २५ गते भएको भेलाले समितिको अध्यक्ष मण्डलमा तमु ह्युला छोंज धिँ, गुरुङ राष्ट्रिय परिषदका टेकबहादुर तमु, तमु राष्ट्रिय मुक्ति मोर्चाका धर्मबहादुर तमु, नेपाल लोकतान्त्रिक तमु संघका गीरीप्रसाद तमु, नेपाल तमु संघका जितबहादुर तमु, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मो, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमु, ङ्योए तमु धिँ लेखनाथका सचिव मनबहादुर तमु र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका अध्यक्ष ज्योति भट्टचनलाई चयन गरेको छ ।
तमु धिँ नेपालका अध्यक्ष तथा तमुवान संघर्ष समितिका केन्द्रिय संयोजक मण्डलका सदस्य कर्म तमुको अध्यक्षतामा सम्पन्न भेलाले समितिको सदस्यहरुमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्की, नेपाल आदिवासी जनजाति पत्रकार संघ(अनिज), कास्की आदिवासी जनजाति युवा महासंघ कास्की, कास्कीमा रहेका जातिय संस्थाहरु तामाङ घेदुङ कास्की, नेपाल मगर संघ कास्की भुजेल, सेवा समाज नेवा खल नेवा तजिलजि, दवु थकाली सेवा समिति, मार्फा थकाली समाज, तिनगाउले थकाली समाज, ह्योल्मो समाज सेवा संघ, दुरा सेवा समाज ताङ्गवे समाज, नेपल छन्त्याल समाज, पुन समाज, किराँत सेवा समाज, कुमाल सेवा समाज, लिम्बुवान संघर्ष समिति, कास्की तमु साँस्कृतिक प्रतिष्ठान, नेपाल तमु प्राज्ञिक एवं व्यवसायिक माच गुरुङ फिल्म एशोसियसन नेपाल, बौद्ध अर्घौ सदन, खड्गी समाज लगायत रहेका छन् ।
संघर्ष समितिमा तमु धिँ नेपाल अन्र्तगतका ४२ तमु समाजहरु तमु प्ये ल्हु संघका १४ इकाइ समाजहरु ङ्योए तमु िधं लेखनाथका २३ समाज लगायत जातिय संस्थाहरुका इकाइहरु जातिय मोर्चामा आवद्ध इकाइहरु समेत रहेका छन । भेलामा मगर विद्यार्थी संघ कास्कीका कृष्ण थापा मगर, अनिज कास्की अध्यक्ष हुमबहादुर तमु, तमु प्ये ल्हु संघका कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमु, नेवा तजिलजि दवुका अध्यक्ष विष्णु शंकर ख्वाउजु, लिम्वुवान संघर्ष समिति कास्कीका सचिव गजेन्द्र लिम्बु, तमु साँस्कृतिक प्रतिष्ठानका गीरी तमु, नेपाल मगर संघ कास्कीका कुमार थापामगर, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपक तामाङ, आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मो, ङ्योए तमु िधंका मनबहादुर तमु, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल तमु विद्यार्थी छोंज धका केवी तमु नेपाल लोकतान्त्रिक तमु संघका उपाध्यक्ष गणेशमान तमु महासचिव बेदबहादुर तमु श्याम तमु राष्ट्रिय मुक्ति मोर्चाका जितबहादुर तमु धर्मबहादुर तमु नेपाल तमु संघका जितबहादुर तमु तमु िधं नेपालका महासचिव देवीराज तमु अध्यक्ष कर्म तमु लगायतले तमुवान स्थापनाका लागि संघर्षका बारेमा चर्चा गरेका थिए ।
हुम तमु, पोखरा
