पोखरा १० मिलनटोलमा तमु पुरुषहरुको मौलिक पोशाक तमु भाङ्ग्रा घरेलु उद्योगको एक समारोहकावीच शुभारम्भ गरिएको छ । पवित्रा तमुले आफ्नै घरमा साचालन गरेको उक्त उद्योगको आमा कुलकुमारी तमु र सासु पुर्णकुमारी तमुको संयुक्त रुपमा बुद्धजयन्तीको शुभसाइतमा दीपप्रज्वलन गरी शुभारम्भ गरेका हुन हो ।
आठवटा तानबाट शुरु गरिएको उद्योगमा भाङ्ग्रा बुन्ने सीप भएका फुस्रदिला आमा दिदिवहिनीलाई रोजगारीको अवसर र भाङ्ग्रा बुन्न सिक्न चाहनेलाई प्रशिक्षण समेत दिइने साचालिका पवित्रा तमुले जानकारी दिए । तमु जातिको मौलिक पोशाक भाङ्ग्रा बुन्ने सीप लोप हुदै गएको साना बालकहरुलाई भाङ्ग्रा उपलब्ध नहुने बजारमा मेसिनद्धारा बनाइएका नक्कली भाङ्ग्राले स्थान पाउदै गएकाले पनि मौलिकताको संरक्षण आवाश्यक भएकाले घरेलु उद्योगको रुपमा व्यवसाय शुरु गरेको उनको भनाइ छ ।
भाङ्ग्रा बुन्न सिक्न चाहनेका लागि प्रशिक्षकहरु आसमी तमु गौमाता तमु दिलकासी तमु सुकमाया तमु र दिलसुवा तमुलाई प्रशिक्षण दिनुहुने भएको छ भने उद्योगबाट उत्पादित सामानको विक्री केन्द्र समेत स्थापना गरिने भएको छ ।
शुभारम्भ कार्यक्रममा अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु तमु चलचित्रकर्मी नौजंग तमु समाजसेवी नरजंग तमुले शुभकामना व्यक्त गरेका थिए ।
हुम तमु, पोखरा
