
नयाँ संविधानमा स्वायत्त प्रदेशको माग गर्दै शेर्पा समुदायले तातोपानी भन्सार नाका थप्प पारेका छन् । शेर्पा प्रदेश सहितको संविधान आगामी जेठ १४ गते भित्र जारी गर्नुपर्ने माग राखेर वैशाख २२ गते उनीहरुले भन्सार थप्पा पारेका हुन ।
नेपाल आदिवासी जनजाति महासंघका महासचिव समेत रहेका आङकाजी शेर्पाले जातीय पहिचानको आधारमा राज्य पुर्नसंरचना नगरे अझै कडा आन्दोलन गरिने बताए । राज्य पुनसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको १४ प्रदेशलाई मान्यता दिनुपर्ने शेर्पाको भनाई छ । समितिले शेर्पा प्रदेश पनि प्रस्ताव गरेको थियो ।
पहाड र तराईमा जस्तै हिमालमा पनि बहुप्रदेश हुनुपर्ने उनीहरुको माग रहेको छ ।
