बुद्धको मावली संरक्षणमा देवदहबासी तात्नु पर्ने

Read Time:3 Minute, 16 Second

देवदह क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अगाडि बढ्नु पर्ने केरवानी ७ भवानीपुरमा भएको कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । २५५६ औं बुद्धजयन्ती तथा लुम्विनी दिवसको अवसरमा आयोजित  कार्यक्रममा बोल्दै उनीहरुले एकिकृत योजना बनाउने कार्यमा देवदहवासीले ध्यान नदिएका कारण देवदह क्षेत्रको विकासमा प्रगति हुन नसकेको बताए ।

लुम्विनी विकास कोष देवदह मक्रहर तथा केरवानी गाविसको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै लुम्विनी विकास कोषका कोषध्यक्ष ओम प्रसाद अर्यालले देवदह क्षेत्रमा भैईरहेको उत्खनन् कार्यलाई आगामी वर्षमा पनि निरन्तता दिने प्रतिवद्धता व्यक्त गरे  । सोही अवसरमा बोल्दै देवदह क्षेत्रका अन्वेषण कर्ता डा कृष्ण न्यौपानेले देवदह कहाँ हो भन्ने विषयमा कुनै दुविधा नरहेको बताउँदै स्थानीय रुपमा एकता वद्ध प्रयास भएमा देवदहको राजधानीको पहिचान गर्न सकिनेमा जोड दिए ।

बुद्ध जयन्ती तथा लुम्विनी दिवसका संयोजक हरीप्रसाद कापुलेको अध्यक्षता माहामाया भवानी उच्च माविका प्रार्चाय दिनानाथ अर्यालको स्वागत र लिलावल्लभ भट्टराईको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्र परिचय तथा विकास समितिका अध्यक्ष निलकण्ठ पौडेल, धर्मोदय सभा देवदहका अध्यक्ष अमृतलाल शाक्य, नेपाली कांग्रेस क्षेत्रीय सचिव वासुदेव रिमाल, एकिकृत माओवादी केरवानीका ईन्चार्ज विरबहादुर गुरुङ्ग, देवदह संरक्षण प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पाण्डे, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, चौतारी आमा समुहकी अध्यक्ष सितादेवी पाण्डे, माहामाया युवा क्लवका अध्यक्ष कृष्ण ढकाल लगायतले बोल्दै लुम्विनी विकास कोषले देवदह क्षेत्रको पुरातात्तिक पहिचानलाई कायम गर्न आवश्यक कार्यक्रम तय गर्नु पर्ने बताए । उनीहरुले भगवान गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रको उत्खनन्को अवसरमा फेला परेका वस्तुहरु राख्न संग्रालय निर्माण गर्नु पर्नेमा जोड दिएका थिए । भन्ते कविन्द्रले पन्चशिल वाचन गर्दै शुरु भएको कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

गोविन्द घर्ति, देवदह

x’d td’, kf]v/f, @@ a}zfv

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %