छ्याँडु प्रतियोगितामा ६ लाख वचत

Read Time:2 Minute, 7 Second

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले लोक श्रष्टा स्वर्गीय मिनबहादुर गुरुङको स्मृतिमा पुस ८ देखि १० गतेसम्म पोखरा प्रर्दशनी केन्द्रमा आयोजित खुल्ला छ्याँडु प्रतियोगितामा ६ लाख १७ हजार रुपैया बचत गरेको छ ।

प्रतिष्ठानले आज पोखरामा आयोजित पत्रकार सम्मेलन गरी प्रतियोगितमा ११ लाख ७६ हजार ४६१ संकलन गरी ५ लाख ५९ हजार रुपैया खर्च भएको जानकारी गराएको छ ।

प्रतियागिताबाट वचत रकमले स्वर्गीय  गुरुङको स्मृतिमा अक्षयकोष स्थापना गरी नेपाली कला सँस्कृतिमा योगदान पुर्याएका श्रष्टालाई सम्मान र गरिब तथा जेहेन्दर तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष झम तमुले जानकारी दिए  ।

यसैविच प्रतिष्ठानले विगतदेखि वितरण गर्दै आएको गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति भोलि माटेपानीस्थित दुधपोखरी तमु समाजमा एक समारोह २३ जना तमु विद्यार्थीलाई वितरण गर्ने जानकारी गराइयो ।

झम तमुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मौलिक लोक नृत्य छ्याँडु प्रतियोगिताका संयोजक बुद्धिमान गुरुङ दुरा तमु िधं नेपालका महासचिव देवी राज तमु प्रतिष्ठानका प्रथम उपाध्यक्ष चिजकाजी तमु सचिव चित्रबहादुर तमु लगायतले प्रतियोगिताले मौलिक सँस्कृति जगेर्ना गर्न योगदान पुगेको चर्चा गरेका थिए ।

हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %