‘जातीय राज्य हुन नदिन एक थोपा खुन रहेसम्म लडिरहनेछौं’ – बाहुन र क्षेत्री समाजका नेताहरु

Read Time:7 Minute, 23 Second

पोखरा, २१ वैशाख
जातीय राज्यको विरुद्ध संयुक्त मोर्चानै गठन गरी आन्दोलनमा उत्रिएका ५ जातीय संगठनले बिहिबार पोखरामा बृहत सदभावना ¥याली निकाल्दै बिरोधसभा सम्पन्न गरेको छ ।

पोखराको अमरसिंहचौरमा भएको आमसभामा बोल्दै सर्घष समितिका सहसंयोजक तथा ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले जातीय राज्यले मूलुक विखण्डन हुने भन्दै ठूला राजनीतिक दलहरु समयमै सतर्क रहनुपर्नेमा जोड दिए । जातीय राज्य, आत्मनिर्णय तथा अग्राधिकार लगायतका विषयमा कुनै हालतमा पनि स्वीकार्य नहुने भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले मुलुककै सबैभन्दा धेरै जनसंख्या भएको ब्राह्मण क्षेत्री दलित, दशनामी ठकुरीले पछि पारी जारी हुने संविधान आफुहरुले नमान्ने चेतावनी दिए ।
सघर्ष समितिका प्रवक्ता कुमार खड्काले जातिय राज्य जारी भए आफुहरुले ६ सय एक सभासदको साथमा राजनैतिकदलका नेताहरुलाई समेत जारी संविधानलाई जलायर खरानी दलेर नगर परिक्रमा गर्ने चेतावनी दिए ।   

      
राजसंस्था हटाए पनि निरंकुशतातर्फ देश जान लागेकोमा चिन्त्ता व्यतm गर्दै प्रवक्ता खड्काले कानुन भन्दा माथि राखेर राज्यले केहि जातिलाई मात्र जातियताको आधारमा संघियतामा लगे एक सय तीन जातिलाई नै राज्य दिनु पर्ने अन्यथा आफुहरु एक थोपा रगत भए सम्म सर्घषको मैदानमा उत्रिने  बताए । क्षत्रि समाज नेपालका महासचिव समेत रहेका खड्काले आफुहरुका माग पुरा नभए सम्म आफहुरुले पूर्व घोषणा गरेका आन्दोलनका कार्यक्रम कुनै पनि हालतमा फिर्ता नहुने दाबी गरे ।
प्रवक्ता खड्काले यही रुपमा देश अघि बढे केहि बर्ष पछिका सन्ततिहरुले आफ्नो सिरानीमा कापी कलम राख्नु पर्नेमा धारीला हात हतियार राख्नुपर्ने अबस्था आउने बताए । उनले डेढ करोड जनसंख्याको प्रतिनिधित्व गरेको संयुक्त संघर्ष समितिको शान्तिपूर्ण आग्रहलाई नमाने मागको सम्बोधनका लागि जस्तो सुकै कदम उठाउन सकिने बताए । करिब ३२ लाखको प्रतिनिधित्व गरेको ठूला तीन दलले डेढ करोड जनताको माग पुरा नगरे सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने र ठूला तीनदलको नामोनिशान मेटिने दाबी खड्काको छ ।

क्षत्रि महिला समाजकी केन्द्रीय अध्यक्ष पुष्पा केसी भण्डारीले देशमा जातिय राज्य होईन  सदभाव चाहिएको छ, भनिन । उनले यही रुपमा देश अघि बढेमा आफुहरुको हक अधिकारको लागि मात्र नभई भावी सन्ततीको लागि पनि आफुहरु लड्न बाध्य हुने बताइन ।
संयुक्त मोर्चा बनाएर आन्दोलनमा उत्रिएका क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, नेपाल दशनामी समाज, ठकुरी समाज महासंघ, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशिल समाज, दलित जनजागरण सेवा संघ खस क्षत्रि एकाता समाज पिछडाबर्ग महासंघका प्रतिनिधिहरुको उल्लेखनिय रुपमा कार्यक्रममा उपस्थीति रहेको थियो ।
संघर्ष समितिका संयोजक तथा क्षेत्री समाज कास्कीका अध्यक्ष पदम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको बिरोधसभामा सघर्ष समिति अन्र्तगत अनुगमनका समितिका संयोजक तथा ब्राह्मण सजमा नेपालका कास्की अध्यक्ष भेषराज लम्साल, नेपाल दशनामी समाज जिल्ला अध्यक्ष राजकुमार गिरी, ठकुरी समाज महासंघ नेपालका उपाध्यक्ष हरिकुमार मल्ल, विभेदमुक्ति प्रगतिशिल समाजका रुपबहादुर शाहिं परियार लगायतले जातिय राज्यले देशमा गृह युद्ध निम्तिने हुँदा यसमा समयमै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
 र्यालिमा सहभागिले “जातिय राज्य चाँहिदैन, राज्यले विभेद गर्न पाईदैंन, हिमाल, पहाड, तराई, कोहि छैन पराई, सबैको अधिकार सुनिश्चित गर, सबैलाई मान्य हुने संविधान जारि गर” लगायतका नारा लगाएका थिए ।

चिप्लेढुङ्गाबाट शुरु भएको ¥यालि महेन्द्रपुल भिमसेनचोक, नयाँबजार, पृथ्बीचोक, बुद्धचोक हुदै अमरसिंहचौर मैदानमा पुगेर सभामा परिणत भएको हो । र्यालीमा हिमाल, पहाड र तराईको भेषमा झाँकी सहित सदभाव कायम गर्न सहभागि भएका थिए । भजन चुडकाका साथमा ¥यालीमा सहभागिहरु प्रचण्ड घर्मीमा पनि  उल्लेखनिय रुपमा सहभागि भए भने कार्यक्रमको अन्त्यतर्फ हावा हुरीसंगै परेको पानीले र्यालीमा कार्यक्रममा सहभागिहरु भिजेका थिए । कार्यक्रममा स्याङजा, तनहुँ, पर्वत लमजुङ, पर्वत, बाग्लुङ लगायका पचिमाञ्चलका जिल्लाबाट मुस्लीम, गन्धर्व समुदायको समेत उपस्थीत रहेको थियो ।
जातीय राज्यको प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने र सुनुवाई नभए अनिश्चितकालीन आमहड्ताल गरिने चेतावनी संघर्ष समितिले दिएको छ ।
आन्दोलनको कार्यक्रम अनुसार २२ गते पत्रकारहरुसँग अन्तरक्रिया र चितवनमा मोटरसाईकल ¥यालि, २३ गतेदेखि २६ गतेसम्म चितवन, दाङ्ग, सुर्खेत, बुटवल र झापामा आमसभा, २७ गते साँझ देशभर राँके जुलुस प्रर्दशन गरिने र माग पुरा नभए २८ र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको सघर्ष समितिका सचिव विश्वमोहन पौडेलले जानकारी दिए ।

यो विरोध कार्यक्रम तमुवान आदिवासी बृहत सम्मेलन सकिए लगत्तै गरिएको हो ।

दिननाथ बराल  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %