‘जातिय पहिचानको विरोधीहरु होशियार !’

Read Time:2 Minute, 22 Second

अखण्ड सुदुरपश्चिम माग प्रति घोर आपति

जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना हुनपर्ने, संविधानसभाको राज्य पुनसंरचना समितिवाट पारित जातिय, भाषिक तथा ऐतिहासिक पहिचानको आधारमा प्रस्तावित प्रदेशहरुको संख्या घटाउन नपाईने नेपाल आदिवासी जनजाति महासंघको माग रहेकोछ । अतः नेपालमा असफल प्रमाणित भई सकेको निरकुश राज महेन्द्रको मोडेलको हिमाल, पहाड र तराई मिलाएको भौगोलिक प्रदेशको नाममा अखण्ड सुदुर पश्चिम माग प्र…ति नेपाल आदिवासी जनजाति महासंघ घोर आपति व्यक्त गर्दछ ।

आदिवासी जनजातिको पहिचान, प्रतिनिधित्व र पहुच सुनिश्चित नहुने कुनै पनि प्रकार भौगोलिक प्रदेश स्थापन गरेर अनि त्यो भूगोलको नामबाट वाहुन क्षेत्रीले मात्र प्रतिनिधित्व गर्ने राजनीतिक संस्कार अन्त्य हुनुपर्दछ । ७ लाख जनसंख्या भएको तामाङ जिल्ला सिन्धुपाल्चोकबाट पशुपति राणा, थारुहरुको जिल्ला मोरङबाट गिरजप्रसाद कोईराला, शेर्पा र राईको जिल्ला सोलुखुम्बुबाट वलवहादरु के.सी. र मगरहरुको जिल्लाबाट भिम रावाल, शेरवाहदुर देउवा, कृष्ण प्रसाद सिटौला र टोप वहादुर रायामाझी जस्ता वाहुन र क्षेत्री नेताले मात्र प्रतिनिधित्व गर्नुपर्छ भन्ने सामन्ति राजनीतिक परिपाटी समाप्तीको आन्दोलनमा छौ । भौगोलिक पहिचानको आधारमा राज्यको पुनसंरचना स्वीकार्य छैन ! जातिय पहिचानको विरोधीहरु होशियार ! आदिवासी जनजातिको आन्दोलन जारीछ !

आङ काजी शेर्पा किसान
महासचवि
नेपाल आदिवासी जनजाति महासंघ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %