पूर्वी नेपालका आदिवासी जनजातिले कोचिला राज्य सुनिश्चित गर्न माग गरेका छन् । कोचिला एकता मोर्चाका संयोजक दिनेश राजवंशीले आफ्नो माग पुरा गराउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताएका छन् ।
राजवंशी, धानकु, गनगाई, ताजपुरिया लगायतका जातिका लागि कोच प्रदेश अपरीहार्य भएको संयोजक राजवंशीको भनाई छ । कोचिला राज्यको माग गर्दै उनीहरुले वैशाख २० गते झापामा विरोध सभा आयोजना गरेका थिए ।
