पोखरा सम्मेलनबाट पारित तमुवान घोषणा पत्र

Read Time:18 Minute, 51 Second

तमुवानमा आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार स्वायत्तता र स्वशासनको अभ्यास सम्बन्धी बृहत सम्मेलन

बैशाख १७ -१९ २०६९

तमूवान घोषणा पत्र

नेपाल अहिले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महाअभियानमा अघि बढेको छ । चार वर्षअघि सम्पन्न भएको संविधानसभाको निर्वाचनबाट चुनिएका ६०१ सभासद् मध्ये २१८ जना सभासद्हरु आदिवासी जनजाति समुदायका छन् । तथापि आदिवासी जनजातिहरुको अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित हुन्छ वा हुँदैन भन्ने कुरा अन्यौलमै रहेको छ ।

संविधानसभाको म्याद सकिन अव २६ दिन मात्र बाँकी रहेको बेला संविधानसभामा प्रतिनिधित्व गर्ने ठूला राजनीतिक दलका नेताहरु विभिन्न किसिमका जालझेल र षडयन्त्र गरेर संविधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समिति र राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगले सिफारिस गरेको तथा हामी आदिवासी जनजातिहरुको आहरणीय रुपमा रहेको जातीय पहिचानमा आधारित संघीय राज्य तथा आत्मनिर्णयको अधिकार स्वायत्तता र स्वशासन लगायतको अधिकारलाई नयाँ बन्ने संविधानमा लिपीवद्ध हुन नदिने प्रपाचमा लागेको कुरा हालका दिनहरुमा झन स्पष्ट हुँदै आएको छ ।

नेपाल सयुक्त राष्ट्रसंघको वडापत्र राजनीतिक र नागरिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धी जातीय भेदभाव विरुद्धको महासन्धी आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी नं। १६९ आदिवासी जनजातिहरुको मानव अधिकार सम्बन्धी घोषणापत्र लगायतका थुप्रै अन्तरराष्ट्रिय महासन्धी तथा कानुनी सयन्त्रहरुमा हस्ताक्षर गर्ने पक्ष राष्ट्र हो ।

तर संविधानसभाको निर्वाचन गर्दा माथिका कुनैपनि महासन्धीहरुले प्रत्याभूत गरेका अधिकारहरुलाई वास्ता गरिएन । संविधानसभाको निर्वाचन र संविधान निर्माण प्रकृयामा पनि आदिवासी जनजातिहरुको स्वतन्त्र अगि्रम जानकारी सहितको माजुरीका अधिकारलाई लागु गरिएको छैन । जातीय भेदभाव विरुद्धको समितिले दिएको सुझावलाई समेत संविधानसभाले लत्याएको अवस्था छ । त्यसैगरि आदिवासी जनजातिहरुको स्वतन्त्रता र मानवअधिकार सम्बन्धी विशेष समाधिक्षकले दिएको छुट्टै संयन्त्र बनाउनु पर्ने सुझावको पनि कार्यन्वयन भ्ाएको छैन ।

यस्ता सुझावहरुको वावजुद आदिवासी जनजाति समुदायको मौलिक हक र आत्मनिर्णयको अधिकार सम्बन्धी आदिवासी जनजाति सभासद सभाले गरेको प्रस्तावसंग कुनै सरोकार र संयोजन नै नगरी संविधानसभाका प्रकृया अघि बढिरहेको छ । आदिवासी जनजातिहरुको मुद्धा सवाल र अधिकारलाई सुनिश्चित गर्न र संबोधन गर्न आइएलओ महासन्धि-१६९ र यूएनड्रीपमा हस्ताक्षर गर्ने सदस्य राष्ट्रको हैसियतले नेपालले ति अन्तराष्ट्रिय महासन्धीहरुलाई संबिधान निर्माण प्रकि्रयामा उपयोग तथा कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर त्यसो पनि गरिएको छैन ।
त्यसैले
तमूवानका हामी आदिवासी जनजातिहरु हामीमा अन्तरनिहित अहरणीय जन्मसिद्ध अभिभाज्य र सार्वभौम मानव अधिकारको प्रयोग गर्दैसयुक्त राष्ट्रसंघको वडापत्र राजनीतिक र नागरिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धी जातीय भेदभाव विरुद्धको महासन्धी आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९ आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी सयुक्त राष्ट्रसंघीय घोषणापत्र लगायतका थुप्रै अन्तर्राष्ट्रिय महासन्धी तथा कानुनी सयन्त्रहरुद्धारा प्रत्याभुत गरिएका अधिकारमा आधारित भई आदिवासी जनजाति र राज्य वीच विभिन्न कालखण्ड र समयमा भएका सन्धी सम्झौताहरुको स्मरण गर्दै; आदिवासी जनजातिहरु र राज्य आधारभूत तथा वैधानिकरुपमा समेत दुईवटा समान हैसियतका पक्षहरु हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै; आदिवासी जनजातिहरुको सारभूत पहिचान र सामुहिक सहअस्तित्वलाई अिगंकार गर्दै; नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा आदिवासी जनजाति आन्दोलनले पुर् याएको योगदान र उपलब्धीहरुको रक्षा गर्दै; नेपाल राज्यको पुनस्रंरचनासहितको संविधानमा आदिवासीहरुको आत्मनिर्णयको अधिकार सहितको स्वायत्तताको सुनिश्चितताको लागि हामी आदिवासी जनजातिहरु आज मिति २०६९ साल बैशाख १९ गते तदनुसार मे १ २०१२ मा यो तमूवान घोषणापत्र जारी गर्दछौं ।

१ जातीय पहिचानमा आधारित तमूवान प्रदेश र स्वायत्त क्षेत्रहरुलाई स्थापित गर्न तथा आइएलओ महासन्धि-१६९ आदिवासी जनजातिको अधिकार सम्ब्ान्धि घोषणापत्र र राज्यले हस्ताक्षर तथा सहमति गरेका अरु अन्तराष्ट्रिय प्रतिबद्धताहरुमा उल्लेख भएको आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार सम्बन्धी व्यवस्थाहरुको कार्यन्वयनका लागि सरकार र राजनीतिक दलहरुलाई एकिकृत आन्दोलनमार्फत दवाव सृजना गर्ने उद्देश्यले तमूवानको राजधानी पोखरामा बैशाख १७ देखि १९ सम्म आयोजना गरिएको आदिवासी जनजाति बृहत सम्म्ोलनको पहिलो दिनको जनप्रदर्शन कार्यक्रममा सहभागी हुन आउनुभएका लमजुङ जिल्ला बाझखेत-८ निवासी नेपाल तामाङ घेदुङ जिल्ला समिति लमजुङका सल्लाहकार श्री टीकाराम तामाङको बसको ठक्करबाट हुनुगएको दुखद निधन प्रति यो सम्मेलन दुख ब्यक्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना गर्दछ र शोक शन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछ । साथै यो सम्मेलन स्वर्गीय तामाङलाई तमूवान स्थापना आन्दोलनको शहिद घोषणा गर्दछ ।

२ पहिचानलाई प्रधान र सामथ्र्यलाई सहायक आधार मानेर संविधानसभाको राज्य पूर्नसःरचना तथा राज्य शक्ति बांडफांड समितिले सिफारिस गरेको १४ प्रदेश २२ स्वायत्त क्षेत्र विशेष र संरक्षित क्षेत्र सकारात्मक हँंदा हँंदै पनि अझ छुटन गएका अन्य आदिवासी जनजातिहरुको स्वायत्तताको अधिकारलाई स्थापित गर्न हामी प्रतिबद्ध छौँ ।

३ जातीय पहिचानमा आधारित तमूवान प्रदेश नयाँ संविधान जेठ १४ सम्ममा जारी गर्न राज्य सत्ता र ठुला भनिने राजनितिक दल सँग हामी तमूवानका आदिवासी जनाजाति जोडदार माग गद्रै पहिचान विनाको प्रदेश स्थापना भएमा त्यसको विरुद्ध संगठीत आन्दोलन गर्न हामी प्रतिवद्ध छौं ।

४ २४० बर्ष भन्दा लामो समय देखि राज्यले निरन्तर र प्रकृयागत रुपमा हामी आदिवासी जनजातिहरुमाथि गरेको विभेद बहिष्करण र सिमान्तीकरणको अन्त गर्न जातीय पहिचानको आधारमा तमूवान स्थापित गर्न तथा तमूवानमा बसोवास गर्ने हामी आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार स्वायत्तता र स्वशासनको अभ्यास गर्न हामी प्रतिवद्ध छौं ।

५ संविधान सभामा प्रतिनिधित्व गर्ने ठुला राजनीतिक दलहरुले राज्य पुर्नसंरचना जस्तो गम्भिर मुद्धामा आदिवासी जनजातिसभासद सभा लाई हाल सम्म कुनै परामर्श नगरेकोप्रति खेद प्रकट गर्दै यस्ता महत्वपुर्ण सवालहरुमा आदिवासी जनजाति सभासद सभाको अनिवार्य परामर्श र सहमतिमा मात्र राज्य पुर्नसंरचनाको मुद्धा टुङगो लगाइयोस् भनी यो सम्मेलन जोडदार माग गर्दछ ।

६आदिवासी जनजातिका अधिकारका लागि आदिवासी जनजाति सभासद ककसले सविधानसभामा खेलेको भूमिकाको उच्च सम्मान गर्दै हामी आदिवासी जनजातिहरु र संविधानसभाका आदिवासी जनजाति सभासदहरु पहिचानमा आधारित संघीय प्रदेश स्थापित गर्न र आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र स्वायत्तता प्राप्तिका लागि संयुक्त आन्दोलन गर्न प्रतिवद्ध छौँ ।

७ हामी आदिवासी जनजातिहरु हाम्रा साझा सवालहरुमा अन्तरसम्वाद गर्न यसलाई निरन्तरता दिन र आपसी समझदारीलाई सुदृढ गर्न प्रतिवद्ध छौँ ।

८ आजसम्म आदिवासी जनजातिहरुसंग भएका सहमति सम्झौताहरु र आदिवासी जनजातिहरुसंग सम्बन्धित राज्यद्वारा गरिएका अध्ययन प्रतिवेदनहरु समेत राज्यपक्षवाट इमान्दारीपूर्वक अहिलेसम्म कार्यान्वयन नभएकोमा निन्दा गर्दै ती सहमति सम्झौता र प्रतिवेदनहरु अविलम्व कार्यान्वयन गराउनका लागि हामी प्रतिवद्ध छौँ ।

९ आदिवासी जनजाति महिला विरुद्ध हुने लैंगिक विभेद र दलित विरुद्ध हुने जातीय छुवाछुत विरुद्ध संयुक्त आन्दोलनलाई सशक्त पार्न प्रतिवद्ध छौँ ।

१० यो सम्मेलन पूर्वी नेपालमा चलिरहेको मधेस स्वायत्तता र लिम्वुवान स्वायत्तता लगायत नेपालका विभिन्न भागमा चलिरहेको स्वायत्तता आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्दछ । साथै आदिवासी जनजातिहरुका अधिकारमूखी आन्दोलनहरुमा सकि्रय सहयोग पुरयाउन र ऐक्यवद्ध जनाउन हामी आदिवासी जनजाति सभासदहरु राजनैतिक दलहरुसंग सम्वद्ध आदिवासी जनजातिका संघ संगठनहरु बुद्धिजीवि राजनैतिक नेता मानव अधिकार कर्मी संचारकर्मी नागरिक समाज तथा आम न्यायप्रेमी जनसमुदायहरुलाई हार्दिक आव्हान गर्दछ ।

११ आदिवासी जनजातिहरुको आत्म-निर्णयको अधिकार स्वयत्तता र स्वशासन सम्बन्धी आयोजना गरिएको तीन दिने बृहत सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न तमूवान प्रदेशका सम्पुर्ण तमू तथा गैरतमू आदिवासी जनजातिहरु तथा साचारकर्मीहरुले फएको सहयोग र आतिथ्यको लागि सम्मेलन आयोजक समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

१२ यो बृहत सम्मेलन नयाँ बन्ने संविधानमा जातीय पहिचानको आधारमा तमूवान प्रदेश स्थापना गर्न र आदिवासी जनजातीहरुको आत्मनिर्णयको अधिकार स्वशासन स्वायत्तता र राजनीतिक अग्राधिकार आदि सुनिश्चितताका लागि निर्णायक आन्दोलन गर्न तमूवान भित्रका जातीय संघ संस्थाका प्रतिनिधिहरु बिभिन्न राजनीतिक दलसँग आबद्ध तमू मोर्चाहरु नेपाल भरिका तमू सभासदहरु तथा तमूवान भित्रका सबै आदिवासी जनजाति सभासदहरु बुद्धिजीविहरु संलग्न तमूवान संयुक्त संघर्ष समिति र सल्लाहकार समिति निर्माण भएको घोषणा गर्दछ ।

तमूवान संंयुक्त संघर्ष समिति

१ श्री कुम्मराज गुरुङ का। वा। अध्यक्ष तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
२ श्री कर्मा गुरुङ अध्यक्ष तमू धीं नेपाल
३ अमर गुरुङ अध्यक्ष तमू राष्ट्रिय मुक्ति मोर्चा नेपाल
४ इन्द्रबहादुर गुरुङ सभापति नेपाल आदिवासी जनजाति संघ
५ किरण गुरुङ अध्यक्ष नेपाल लोकतान्त्रिक तमू संघ
६ प्रेमकाजी गुरुङ तमू स्वाशासित संघ एकिकृत
७ हेमजंग गुरुङ अध्यक्ष प्रजातान्त्रिक तमू संगठन
८ क्या।जंग बहादुर तमू अध्यक्ष ङ्योए तमू धीं लेखनाथ नगर पालिका
९ क्या रुवबहादुर तमू का।वा। अध्यक्ष तमू प्ये ल्हु संघ
१० बसन्त शेरचन अध्यक्ष थकाली सेवा समाज कास्की
११ लोक बहादुर दुरा अध्यक्ष दुरा सेवा समिित
१२ भैरव बराम अध्यक्ष बराम सेवा समिति
१३ उतम तांवे अध्यक्ष तांवे सेवा समाज समिति
१४ छेवाङ्ग घ्याम्जो लामा अध्यक्ष लार्के समाज कल्याण केन्द
१५ निमा लामा अध्यक्ष सियार समाज कल्याण केन्द्र केन्द्रीय समिित
१६ ईश्वर लाल हिराचन अध्यक्ष म्ाार्फा थकाली समाज सेवा सदन
१७ पद्यकुमार थकाली अध्यक्ष तीन गाउँले थकाली सेवा समिित
१८ छम्ब ङहवाङ गुरुङ अध्यक्ष बाह्रगाउ समाज सेवा समिित
१९ नगेन्द्र कुमाल अध्यक्ष नेपाल कुमाल समाज सुधार समिति
२० लक्ष्मण भुजेल अध्यक्ष भुजेल समाज सेवा समिति
२१ नुओङचु गुरुङ ल्होपा अध्यक्ष लोछोधुन ल्होपा संघ केन्दीय समिित
२२ जितेन्द्र चेपाङअध्यक्ष नेपाल चेपाङ संघ
२३ पान बहादुर भुजेल अध्यक्ष नेपाल आदिवास्ाी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्की
२४ राजेन्द्र कुमाल अध्यक्ष नेपाल आदिवास्ाी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहँु
२५ खेमजङ गुरुङ अध्यक्ष नेपाल आदिवास्ाी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङ
२६ सुरेन्द्रकुमार हिराचन अध्यक्ष नेपाल आदिवास्ाी जनजाति महासंघ जिल्ला समन्वय परिषद मुस्ताङ
२७ तेज बहादुर आले अध्यक्ष नेपाल आदिवास्ाी जनजाति महासंघ जिल्ला समन्वय परिषद स्याङजा
२८ भिमबहादुर पुन अध्यक्ष नेपाल आदिवास्ाी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्वत
२९ श्री कृष्ण श्रेष्ठ अध्यक्ष नेपाल आदिवास्ाी जनजाति महासंघ जिल्ला समन्वय परिषद धादिङ

सल्लाहकार समिित
१ प्रा डा ओम गुरुङ
२ खगेन्द्रजङ गुरुङ
३ डा कृष्ण भट्टचन
४ डा दिर्घमान गुरुङ
५ प्रा गणेश बहादुर गुरुङ
६  देव प्रसाद गुरुङ मनाङ
७  राजकाजी गुरुङ कास्की
६  कृष्णबहादुर गुरुङ कास्की
७ बुद्धिराम गुरुङ लमजुङ
८ लक्ष्मी गुरुङ रामेछाप
९ इन्द्रमाया गुरुङ गोरखा
१० सावित्री दुरा तनहुँ
११ सुरेश आले तनहँ
१२  माया चेपाङ गोरखा
१३  सविना बराम गोरखा
१४ विरेन्द्र ज्वारचन् मुस्ताङ
१५ निमा लामा मनाङ
१६ अमृत थापा स्याङजा
१७ पार्वती थापा गोरखा
१८ पृथ्वी सुव्व्ाा गुरुङ लमजुङ
१९ हितकाजी गुरुङ स्याङजा
२० टासी स्याङमो गुरु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %