प्रस्तुत बिषयमा नेपाल अहिले अत्यन्तै गम्भीर र संक्रमण कालिन अवस्थामा गुज्रिरहेको यस घडीमा गर्दा संघियता विरोधीहरु, जातीय पहिचान विरोधीहरु र उपेक्षित समुदायहरुको भलो देखन नचाहनेहरुको व्यापक सक्रियता बढिरहेको हुदा पहिचानको आधारमा संघियता गुम्ने खतरा छ , यहि कुरालाई मध्य नजर गर्दै बिगतमा राज्यलाई दवाव स्वरूप र उपयोगको संघारमा नेपाल मगर संघले २०६७ मङ्सिर २५ गते पाल्पामा मगरात स्वायत्त प्रदेश घोसणा सभा सम्पन्न गरेको यहाँहरुलाई जगजाहेर नै छ… पछिल्लो अवस्थामा मगरातका लागि थप संघर्ष गर्नका लागि नेपाल मगर संघ केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको संयोजकत्वमा मगरात संघर्ष समिति गठन गरिएको छ….. र यस समितिलाई जिल्ला जिल्लामा पनि मगर संघको जिल्ला अध्यक्षहरुको संयोजकत्वमा संघको भात्री संस्थाहरुका प्रतिनिधिहरु, राजनैतिक पार्टीका जिल्लाका मगर नेताहरु, बुद्धिजीवीहरुलाई समेटेर यथा सक्या जिल्ला स्तरीय मगरात संघर्ष समिति गठन गर्नुहुन सबै जिल्ला समितिहरुलाई यस परिपत्र गरि गरेका छौ…. /
साथै मगर संघ मगरात प्राप्तिका लागि निरन्तर संघर्षरत छ यस अभियानमा सबैले व्यक्तिगत समस्यालाई तद्है राखी सामाजिक हितका लागि एक्यबद्धताका लागि हार्दिक अनुरोध गर्दा छौ…. र यस अभियान मा सरोकारवाला सबैलाई आ आफ्नो स्थान वा तह र तप्काबाट नैतिक, भौतिक र आर्थिक सहयोगका लागि पनि सबैमा बिनम्र अनुरोध गर्दा छौ l

