मन्त्रि खेवाको उपस्थितिमा हङकङमा छलफल कार्यक्रम हुने

Read Time:2 Minute, 1 Second

हङकङ, ३०अप्रिल

अर्थ राज्यमन्त्रि हरिराज खेवा लिम्बु फिलिपन्समा हुने एडीवीको सम्मेलन सकिएपछि हङकङ आउने भएका छन् । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका वरिष्ठसह–इन्चार्ज हरिपंधाक लिम्बुका अनुसार मन्त्रि खेवा हङकङमा ६ मे २०१२ का दिन विहान १० वजे ट्रान्जिटमा हङकङ आउने जानकारि गराएका छन्। मन्त्रि खेवा हङकङमा आए लगतै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको एक भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको मोर्चाको अध्यक्ष एम. बी. थोप्राले स्थानिय संचारकर्मीहरुलाइ जानकारि गराएका छन । याउमातई स्थित हिन्सको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्रि खेवा प्रमुख अतिथि रहने वताएका छन। अध्यक्ष थोप्राका अनुसार मन्त्रिको उपस्थितिमा नेपालको वर्तमान राजनैतिक विषयलाइ लिएर “भेटघाट तथा सम–सामहिक विषयको छलफल कार्यक्रम” आयोजना गरिएको वताएका छन । उनले छोटो समयको कार्यक्रम भए पनि यहाँको स्थानिय नेपालीलाइ नेपालको राजनैतिक अवस्थावारे जानकारी प्रदान गर्ने र प्रवासवासीको विचार मन्त्रि समक्ष राख्न सकिने वताए । संवैधानिक समितिको सदस्य समेत रहेका मन्त्रि खेवासंग नेपालको राज्य पुनर्संरचाना तथा संघियताको विषय, लिम्बुवान सुनिश्चितताको विषयलाइ लिएर कार्यक्रममा छलफल गरिने थोप्राले वताएका छन।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %