तमुवान सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत

Read Time:2 Minute, 15 Second

तमुवान आदिवासी जनजाति बृहत सम्मेलनको दोश्रो दिनको विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रमको पहिलो सत्रमा लिम्वुवानको आन्दोलन र ऐतिहासिकता बारेमा प्रा.डा. बालकृष्ण मावुहाङ, आत्मनिर्णयको अधिकार र स्वायत्तता सम्वन्धी अन्तर्राष्ट्रिय अभ्यास विषयमा अन्र्तराष्ट्रिय आदिवासी जनजाति आन्दोलनका अगुवा फिलीपिन्सकी प्रा. जोन कालिङ कार्यपत्र प्रस्तुत गरे ।

यसैगरी आदिवासीको आन्दोलन र सैद्धान्तिक आधारबारे अन्तर्राष्ट्रिय अनुभव बारेमा सिकागो विश्वविद्यालय अमेरिकाका प्रा.टेरी टर्नर, पहिचानमा आधारित तमुवानको आधारपत्रका बारेमा प्राडा ओम गुरुङ, आदिवासी महिला आन्दोलन र अन्तर्राष्ट्रिय अनुभवका बारेमा कोर्ने विश्वविद्यालय अमेरिकाका प्राध्यापक प्रा. क्याट्रीनभाय मार्च भू्मी र पहिचान बारेमा डम्बर चेमजोङले कार्यपत्र प्रस्तुत गरेका छन् ।

पहिलो चरणको सत्रको नेपाल लोकतान्त्रिक तमु संघका केन्द्रीय उपाध्यक्ष मीना तमुको अध्यक्षता तमु राष्ट्रिय मुक्ति मोर्चाका महासचिवले संचालन र नेपाल तमु संघका लछुकुमार तमुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैगरी दोश्रो सत्रमा आदिवासी जनजाति सभासद समुह ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले राज्यको पुनसंरचनाका बारॆमा ककसको अवधारणा प्रस्तुत गरेका छन् । दोश्रो सत्र काँग्रेसका केन्द्रिय सदस्य एवं सभासद सिता गुरुङको अध्यक्षता सम्पन्न भएको थियो ।
हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %