नेपाल आदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले जनमोर्चाका चित्रबहादुर केसी र राप्रपा नेपालका कमल थापा नेपाली जनताको प्रमुख दुश्मन भएको बताएका छन् । महासंघको रुकूम शाखाको जिल्ला अधिवेशनका लागि त्यहाँ पुगेका शेर्पाले वैशाख १८ गते आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभिन्न पार्टीका प्रतिगामीहरु संघीयता विरोधीको रुपमा देखिएको भए पनि प्रत्यक्ष दुश्मन भने केसी र थापा भएको बताएका हुन ।
केसी संविधानसभामा एक मात्र सिट जितेको पार्टी हो भने थापाको राप्रपालाई प्रत्यक्ष चुनावमा जनताले एक सिट पनि जिताएको थिएन । यिनीहरु दुबैले पूर्व राजाको निर्देशनमा संघीयताको विरोध गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै महासचिव शेर्पाले जनजातिको अधिकार सुनिश्चित नभएको संविधान आए एक सेकेन्डै च्यातेर फ्याँक्ने चेतावनी दिए । जनजाति विरोधी संविधान आउन सक्ने भएकाले त्यसको विरोध गर्न तयारी अवस्थामा बस्न समेत उनले जनजातिलाई आव्हान गरेका छन् ।
