१० लाख आदिबासीले पोखरामा शक्ती प्रदर्शन गर्ने

Read Time:5 Minute, 1 Second
 
पोखरा, वैशाख १७:  पोखरामा वैशाख १७ देखि १९ गते सम्म हुने तमूवान आदिवासी जनजाति बृहत सम्मेलनको तयारी र प्रचारका लागि आज पोखरामा वृहत मोटरसाईकल र्‍याली निकालियो । कार्यक्रम अन्तरगत विहान ८ बजे स्थानिय पोखरा सभागृहबाट निस्किएको बृहत प्रचारात्मक मोटर साईकल र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र वैशाख १५ गते विहान ११ बजे लेखनाथ नगरपालिका अगाडीबाट प्रचार र्‍याली निकालीने भएको छ ।
यस्तै वैशाख १७ गते विहान ११ बजे आदिवासी संघसंस्थाहरुको सहभागितामा विशाल साँस्कृतिक झाँकी सहितको जनप्रर्दशन चिप्लेढुङ्गाबाट शुरुभई अमरसिंह चौरमा पुगि उदघाटन समारोहमा परिणत हुने भएको छ । सभालाई नेकपा एमालेका अशोक राई, नेपाली काँग्रेसका कुलबहादुर गुरुङ, एकीकृत नेकपा माओवादीका देवप्रसाद गुरुङ तथा प्रा.डा. ओम गुरुङ, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, अमर गुरुङ, राजकुमार लेखी सहितका नेपालका आदिवासी अन्दोलनका अगुवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै वैशाख १८ गते आदिवासी आन्दोलनका अन्तराष्ट्रिय विज्ञहरुबाट संघीयता, आत्मनिर्णयको अधिकार, स्वशासन लगायतका विषयहरुमा अनुभव आदनप्रदान गरिने भएको छ । कार्यक्रमको अन्तिम दिन वैशाख १९ गते आदिवासीहरुको स्वदेशी अभियन्ताहरु र तमूवानमा थातथलो भएका आदिवासी  संघसंस्थाहरुको अवधारणपत्र प्रस्तुत एवं छलफल गरि पोखरा घोषण पत्र जारी गरिने भएको छ । सम्मेलनमा तमूवानका विभिन्न जिल्लाहरुबाट करिब १ हजार जना प्रतिनिधिहरुको सहभागिता रहने छ भने उदघाटन समारोहमा १० लाखको सङख्यमा जनप्रदर्शन समेत गरिने आयोजकले दावी गरेको छ ।
जातिय पहिचानमा आधारित संघीय प्रदेश र स्वायत्त क्षेत्रहरु स्थापना साथै आदिवासीहरुको आत्मनिर्णय, स्वशासन र स्वयत्ततासम्बन्धी अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित गर्न, संघीय प्रदेश र स्वायत्त क्षेत्रहरुमा आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तताको अभ्यास सम्बन्धी रणनीतिक खाका तय गर्न र जेठ १४ गते भित्रै आदिवासीको जातिय पहिचान सुनिश्चितता सहितको आम नेपालीको संविधान जारी गराउन दवाव दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिका सचिव देवीराज गुरुङले जानाकारी दिनुभयो ।
जातीय पहिचानमा आधारित संघीय प्रदेश र स्वायत्त क्षेत्र स्थापनाकेा माग गर्दै पोखरामा हुने तमुवान आदिबासी बृहत सम्मेलनको तयारी पुरा भएको छ ।
सम्मेलन आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी १७ देखि १९ गते सम्म हुने सम्मेलन पुरा भएको जानकारी दिएको हो ।
सम्मेलनलाई एमालेका अशोक राई,  काग्रेसका कुलबहादुर गुरुङ, माओवादीका देवप्रसाद गुरुङ, प्राध्यापक डा ओम गुरुङ, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ,  अमर गुरुङ तथा राजकुमार लेखीसहित आदिबासी  नेता तथा अगुवाहरुले सम्बोधन गर्ने सम्मेलन आयोजक समितिका व्यवस्थापक देवीराज तमुले  बताए । 
उनका अनुसार एक हजार प्रतिनिधिको सहभागि रहने सम्मेलनमा झण्डै ५० लाख रुपैयाँ खर्च हुनेछ ।  सम्मेलनले आदिबासीहरुको स्वदेशी अभियन्ताहरु र तमुवानमा थातथलो भएका आदीबासी संघ संस्थाहरुको अवधारणा पत्र प्रस्तुत गर्नुको साथै पोखरा घोषणपत्र जारी गरिने गुरुङले जानकारी दिए । यसै गरी बिगतमा आदिबासी भन्दै आएको उनिहरुले अब आफुलाई मूलबासी भनेर परिचित गराउने भएको छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %