मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको समूहमाथि बम विस्फोट भएको छ । जनकपुरको रामानन्द चोकमा वैशाख १८ गते बम विस्फोट भएको हो ।
चार दिनदेखि निरन्तर धर्नामा बसीरहेका बेला उनीहरुलाई लक्षित गरेर विस्फोट भएको हो । विस्फोटबाट जनकपुर नगरपालिका वडा नम्बर ८ का विमल शरण, अन्जु झा, झगरु मण्डल र सुरेश उपाध्यायको मृत्यु भएको छ ।
विस्फोटबाट मिथिला राज्य संघर्ष समितिका परेश्वर कापडी सहित एक दर्जन घाइते भएका छन् । संघीयता विरोधीहरुले विस्फोट गराएको हुन सक्ने प्रहरीले जनाएको छ ।
शान्तिपूर्ण धर्नामा बम विस्फोट
Read Time:52 Second
